Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा एक नेपालीले सुसाईट नोट लेखेर आत्महत्या गरे

मिन बि क ,सौल दक्षिण कोरिया
दक्षिण कोरियामा बिगत ६ बर्षदेखी काम गर्दै आएका ३३ बर्षीय एक नेपालीले हिजो शनिबार दिउँसो (मे २ तारिक )एक सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् । नेपालको स्थायी घर पोखरा भएका पूर्ण बहादुर थापा कोरियाको इन्छन नजिकै किम्पो जिल्लाको ठेगोतमा आल्मोनियम कम्पनिमा कार्यरत उनि पहिलो कार्यकालमा नै डीप्रेशनको सिकार भएका थिए । उनि एक कार्यकाल सकेर सिबिटि पास गरेर पुन कोरिया आएका थिय भने दोस्रो कार्यकालको लागी उनले सिबिटी र पिबिटी दुवै पास गरेका थिए । घरमा एक छोरा र एक छोरी रहेको र उनि दोस्रो कार्यकालको लागी कोरिया आउँदा छोरी को न्वारन गरेको भोलिपल्टै घरबाट हिडेका थिए ।
साथिहरु संग दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए । कम्पनीको सिसिटिभी फ़ुटेजमा उनि कम्पनीमा दिउँसो १ बजेर ५० मिनेटको समयमा प्रवेश गरेको देखिएको छ भने त्यसपछि सिसिटिभी अफ गरेर उनि कम्पनिभित्र आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर  आत्महत्या गरेका छन् । लामो समयदेखि डीप्रेशनको सिकार भएको उनको परिवार लगायत कम्पनीको साथीहरु पनि जानकार भएको तथा उनीहरुले पनि अत्यन्तै हेरचाह गर्ने गरेका थिए ।
पहिलो कार्यकालमा उज्बेकिस्तानको व्यक्तिसंग संगै कोठामा बस्ने गर्दा देखि नै उनि डीप्रेशनको सिकार भएको र पछि एक्लै बसेदेखि उनि बढी सिकार भएको थियो । उनले सुसाइट नोटमा आफ्ना छोरालाई कोरियादेखि साईकल ल्याईदिन नसकेको तथा भर्खरै तोते तोते बोली बोल्ने छोरीको बाबा बाबा शब्दले अनि बचाउन नसकेको लेखेका छन् ।सुसाईट नोटमा कम्पनीका सम्पूर्ण साथीहरु कोरियन साहु लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । नेपालमा लकडाउन भएका कारण नेपालमा मृत शरिर नेपाल पठाउने वा यतै दाहासस्कार गर्ने भान्ने टुंगो लागीसकेको छैन ।अहिले कोरियाको एक अस्पतालमा दिनको १०० डलर तिरेर राखिएको छ । स्रोत : उनकै कम्पनीको सहकर्मीबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय