Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

जानाजानी ठोक्किएर मोबाइल खसाल्दै “मर्मत खर्च” असुल्ने कोरियाली युवक पक्राउ,३८ जना संग करिब २ करोड २० लाख वोन असुलेको आरोप छ।

सोल: ठूला सपिङ मलजस्ता भीडभाड हुने ठाउँमा मानिसहरूसँग जानाजानी ठोक्किएर आफ्नो मोबाइल फोन खसालेपछि मर्मत खर्चका नाममा पैसा असुल्ने आरोपमा प्रहरीको हिरासतमा रहेका २० वर्षका एक युवकलाई थुनामै राखेर अभियोजन कार्यालयमा पठाइएको छ।

सोलको सोङ्पा प्रहरी कार्यालयले हिजो २० वर्षीय उक्त युवकलाई ठगीको आरोपमा थुनामा राखेर पूर्वी जिल्ला अभियोजन कार्यालयमा मुद्दा चलाउन पठाएको जनाएको छ।

प्रहरीका अनुसार उनले गत जनवरीदेखि करिब ६ महिनासम्म सोङ्पा-गुमा रहेको एक ठूलो सपिङ मलजस्ता ठाउँमा हिँडिरहेका मानिससँग जानाजानी ठोक्किएर आफ्नो मोबाइल फोन खसाले। त्यसपछि मर्मत खर्च माग्ने तरिका अपनाएर करिब २ करोड २० लाख वोन (२२ मिलियन वोन) असुलेको आरोप छ।

Trip

अहिलेसम्मको अनुसन्धानमा पुष्टि भएका पीडितको संख्या मात्रै ३८ जना पुगेको छ।

उनी गत महिना भएको थुनछेक (पक्राउ पुर्जी) सम्बन्धी सुनुवाइमा उपस्थित नभई भागेका थिए। प्रहरीले खोजी गरेपछि उनलाई चुङ्चोङनाम-दो प्रान्तबाट पक्राउ गरिएको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय