Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

पर्यटक भिसामा आएका २४ कोरियाली नागरिक पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था नेपाल न्यु कोभेनन्ट कलेजमा २४ जना कोरियाली नागरिक धार्मिक तालिम तथा कार्यक्रममा सहभागी भएको खुलेको छ । उनीहरूलाई प्रहरीले  पक्राउ गरेको छ ।

नेपाल न्यु कोभेनन्ट कलेजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू असोज २० र २१ गते काठमाडौँ–विराटनगर हुँदै नेपाल आएका हुन् । उनीहरू आगामी अक्टोबर १२ सम्म मोरङमा रहने कार्यक्रम थियो ।

Trip

लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजमा धर्मशास्त्रसम्बन्धी अध्ययन तथा अध्यापन हुँदै आएको छ। कलेजले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

तर, पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम तथा धर्म प्रचारमा सहभागी हुन नपाउने कानुनी व्यवस्थाका कारण उनीहरूको गतिविधि कानुनसम्मत नभएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो । आजै उनीहरूलाई अध्यागमनको जिम्मा लगाइने स्रोतले जनाएको छ ।

आधिकारिक समाचार रातोपाटिमा समावेश गरिएको छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय