Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाले कम्पनीमा बिदेशी कामदार दोब्बर बनाउने , नेपाली कामदारको माग बढ्न सक्ने

मिन बि क दक्षिण कोरिया
दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले सेप्टेम्बर ७ मा सुचना जारी गर्दै अबदेखि बिदेशी कामदार पहिलेको तुलनामा दोब्बर संख्यामा राख्न पाउने ब्यबस्था गरेको  छ।

कम्पनीमा कामदार अभाव स्वदेशी कामदार काम नगर्ने बिदेशी कामदारको कोटा सकिएको कम्पनीमा यसले निकै फाईदा पुर्याएको छ।
यससंगै नेपाली कामदारले पनि यसबाट प्रत्यक्ष लाभ लिने अनुमान गर्न सकिन्छ। कोरियामा बिगतको तथ्याङ्क हेर्ने हो भने नेपाली कामदार नै पहिलो रोजाईमा रहेको ले अब आउने दिनमा पनि नेपाली कामदारको माग बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

यससंगै दक्षिण कोरियाले २०२३ मा भित्र्याउने बिदेशीको संख्या बढाएर १ लाख २० हजार पुर्याएको छ। बिगतको तुपनामा १० हजार संख्या बृद्दी गरेको हो।

Trip

भिडियो लिंक

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय