Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

बहुआयामीक युवा व्यक्तित्व बिक्की पुलामी अमेरिकामा सम्मानित

-सन्तोष खड्का

बहुआयामीक युवा व्यक्तित्व बिक्की पुलामी अमेरिकामा “ब्रुकलिन बोरो प्रेसिडेंट एरिक आडम्स” द्वारा सम्मानित भएका छन्। अमेरिका आएर पनि नेपाली कला र संस्कृतिको प्रबर्धनमा निरन्तर क्रियाशील रहनुको साथै सामाजिकार्यमा निरन्तर रुपमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई यो सम्मान दिईएको हो।

२००५ साल देखी निरन्तर रुपमा स्वयंसेवाको कार्यमा समर्पित पुलामीले २०१० सालमा युवा स्वयंसेबको रूपमा सरकारको निम्ति धरान, ईटहरी, काठमांडू, धनगढी, सर्लाही लगायत बिभिन्न ठाउमा १०० भन्दा धरै ‘स्वयंसेवकको माध्यम बाट नेतृत्व” नामक १-३ दिनको कार्यशाला गोष्ठी सम्पन्न गर्दै निरन्तर रुपमा प्रत्येक शनिवार सयौँ स्वयंसेवक परिचालन गरी बाग्मती नदि सरसफाईमा क्रियाशील अभियान्ताका रूपमा ख्याति कमाएका थिए।
२ दर्जन भन्दा बढी म्युजीक भिडीयोमा अभिनय गरेका उनले नेपाली चलचित्र “ज़िन्दगी रक्स”मा मुख्य खलपात्रको अभिनय समेत गरेका छन्। २ वटा फरक शैलिको Martial Art मा २ वटा Black Belt (शितोरियो कराते र तोंग ईल मो दो) प्राप्त गरेका उनले आफ्नै पहलमा नेपालको बिभिन्न स्थानमा ७ वटा पुस्तकालयको निर्माण समेत गरेका छन्। नेपाल, अमेरिका, मलेशिया लगायत धेरै ठाउमा १०० भन्दा धेरै कार्यक्रम उद्घोषकको रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनी अहिले अमेरिकामा रहदाँ पनि २ दर्जन भन्दा धेरै म्युजीक भिडीयोको सफल निर्देशन समेत गरिसकेका छन्। COVID-19 को महामारीको समयमा Jersey City Helping Group for COVID-19 समुह स्थापना गरी समुहको संयोजकको रुपमा जर्सी सिटी र आसपासको क्षेत्रमा बसोबास गर्ने २०० परिवारलाई प्राथमिक उपचारको साधन बितरण गरि सकेका उनी सामाजिक कार्यले आफुलाई आत्म सन्तुष्टि दिने बताउछन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय