Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

विद्यार्थी भिषामा कोरिया आएका ११ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

कोरियाको खोयाङसी स्थित अन्तर्राष्ट्रिय ग्रेजुएट स्कूल अफ ल तथा व्यवस्थापनमा कोरियाली भाषा कोर्स अध्ययनको  लागि कोरिया प्रवेश गरेका ११ जना नेपालीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।।
 संगै प्रवेश गरेका ४३ जना विद्यार्थीहरुले  नेपाल छोड्नु अघि नेपालमा कोरोना परिक्षण गराएको र उनोहरुको रिपोर्ट नेगेटिभ रहेको थियो । उनिहरु १० गते  शनिबार  बिहान  ७ बजे कोरियाको अन्तर्राष्ट्रिय बिमानस्थल इन्छनमा अवतरण गरेका थिए ।  उनिहरुको ७२ घण्टा अगाडि परिक्षण गरिएको कागजात संगै भएपनी कोरियाको इन्छन अन्तर्राष्ट्रिय बिमानस्थलमा एक जनालाई ज्वरो देखिएपछी कोरोना परिक्षण गरिएको थियो । त्यसपछि उनिहरु सबैलाई थक्याङ्गु  स्वास्थ्य केन्द्रमा पुर्याएर स्वास्थ्य परिक्षण गरिएको थियो । हिजो   अपराह्न २ बजे जाँच गर्दा ४३ जना विद्यार्थी मध्य  ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको कोरियाली संचार माध्यमहरुले समाचार लेखेका छन ।
 उनीहरूलाई आन्सान  स्थित लाइफ ट्रीटमेन्ट सेन्टरको क्वारेन्टाइनमा रिपोर्ट नेगेटिभ आएका २९ जनालाई  एक जना बराबर १ कोठाको ब्यबस्था गरि राखिएको छ ।  3 जना जसलाई पुन: जाँचको लागि अनुसूचित गरिएको छ ।र बाकी संक्रमितलाई उपचार गर्नको लागि भर्ना गरिएको छ ।  उनिहरुको ब्यबस्थापनमा संलग्न ९ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय