Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जापानको नयाँ सुपर कम्प्युटर विश्वमै सबैभन्दा छिटो

फुगाकु नामक सुपर कम्प्युटरले अन्य तीन श्रेणी औद्योगिक प्रयोग, कृत्रिम बौद्धिकता एप्लिकेशन र ठूला डेटाको विश्लेषणमा पनि शीर्ष स्थान हासिल गरेको छ ।जापान सरकारले समर्थन गरेको कम्पनी रिकेन रिसर्च इन्ष्टिच्यूटले बनाएको सुपर कम्प्युटरको कप्युटिङ क्षमता विश्वमै सबैभन्दा तीव्र गतिको रहको छ ।

अमेरिकी यूरोपेली टप ५०० प्रोजेक्ट सोमबार सार्वजनिक गरेको द्विवार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।नौं वर्षमा पहिलो पटक जापानी सुपर कम्प्युटर यस वरियताको शीर्ष स्थानमा उक्लिएको हो ।कुनै पनि सुपर कप्युटरले चार ओटै श्रेणीमा शीर्ष स्थान हासिल गरेको यो पहिलो पटक भएको रिकेनले बताएको छ ।

‘हामीहरु सुपर कम्प्युटरका मुख्य विशेषतामा खरो उत्रिन सफल भएका छौं र यो विश्वको उच्च प्रदर्शन क्षमता भएको सुपर कम्प्युटर हो भन्ने कुरा देखाउन पनि सफल भएका छौं । यसले नोभल कोरोना भाइरस विरुद्ध लडाई जस्ता अप्ठ्यारो सामाजिक समस्या समाधानमा सहायता गर्ने हामीले अपेक्षा गरेका छौं ।

’ संस्थाका कप्युटेशनल साइन्स सेन्टरका निर्देशक सातोशी मासुओकाले भने ।रिकेनले फुगाकुको विकास फुजित्चु लिमिटेडसँग मिलेर बनाएको हो । फुगाकुको सिर्जनामा संलग्न हुन पाएकोमा आफूले अति नै खुसी र सम्मानित महसुस गरेको फुजित्चु आईटी प्रडक्टस लिमिटेडका अध्यक्ष शिनिची कातोले भने ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय