मिन बि क सौल दक्षिण कोरिया
स्याङ्जा परिवार किम्हे बुसान शाखाले अध्यक्षमा रमेश काफ्ले सहितको टीमलाई सर्वसम्मत रुपमा चयन गर्दै पाँचौं अधिबेशन भब्य रुपमा सम्पन्न गरेको छ।
किम्हे बुसान शाखाका अस्ध्यक्ष आशिष रानाभाटको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्याङ्जा परिवारको दक्षिण कोरिया केन्द्रका अध्यक्ष शुशिल गुरुङ रहनुको साथै एनसीसी बुसान शाखाका अध्यक्ष, एनआरएनए बुसान शाखाका अध्यक्ष, आदिवासी जनजाति महासंघ बुसान शाखाका अध्यक्ष लगायत किम्हे बुसान ख्याङसाङनामदो क्षेत्रका विभिन्न जातीय, क्षेत्रीय, भौगोलिक, राजनीतिक संघ संस्थाहरूको बाक्लो उपस्थिति रहेको थियो।
“स्याङ्जाली एकता उपकारी मन सद्भाव सँगै बिताऔँ परदेशी जीवन ” भन्ने मूल नारालाई आत्मा साथ गर्दै सन् १९९७ सालमा कोरियामा स्थापित
अग्रणी संस्था “स्याङ्जा परिवार दक्षिण कोरिया” ले सामाजिक क्षेत्रमा अत्यन्त्यै प्रशंसनीय कार्यहरू गर्दै आईरहेको छ।
कार्यक्रममा आ आफ्नो मन्तब्य राख्दै विशिष्ट अतिथि स्याङ्जा परिवार केन्द्रका संरक्षक प्रमुख कुमार थापा, विजय थापा, एनआरएनए दक्षिण कोरिया एकता महाधिवेशनका उपाध्यक्ष, स्याङ्जा परिवार किम्हे बुसान शाखाका संरक्षक सागर पोख्रेल, संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद लामिछाने निवर्तमान अध्यक्ष तथा वरिष्ठ सल्लाहकार कमल अर्याल, एनसीसी बुसान शाखाका अध्यक्ष, एनआरएनए बुसान शाखाका अध्यक्ष, आदिवासी जनजाति महासंघ बुसान शाखाका अध्यक्ष लगायत किम्हे बुसान ख्याङसाङनामदो क्षेत्रका विभिन्न जातीय, क्षेत्रीय, भौगोलिक, राजनीतिक संघ संस्थाहरू। सबैले स्याङ्जा परिवार बुसान शाखाको चौंथो कार्यसमितिका अध्यक्ष आशिष रानाभाट ज्यूको टिमलाई उच्च प्रसंश गरेका थिए।

निवर्तमान कार्यसमितिले कार्याकाल भरि सहयोग पुर्याउने विशिष्ट व्यक्तिहरुलाई समान पत्र प्रतान गर्नुको थियो । नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान समेत गरिएको थियो। कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रमेश काफ्ले ज्यु ले स्वागत मन्तब्य, कोषाध्यक्ष बाट आर्थिक प्रतिबेदन तथा सचिव बाट संस्थाको प्रगति विवरण प्रस्तुत गरेका थिए भने कार्यक्रममा सभापती तथा निवर्तमान अध्यक्ष आशिष रानाभाटले “बुसान सांगितिक धमाका २०२४ ” लाई सफल बनाउन आर्थिक, नैतिक, तथा भौतिक रुपमा साथ सहयोग,समन्वय तथा समार्थान गर्नुहुने सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यकर्म समापन गर्नुभएको थियो।
नवनिर्वाचित कार्यसमिति यस प्रकार रहेको छ।