Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ को नाफा ५५ लाख ४2हजार ८९१ वोन ,सम्पूर्ण रकम अक्षयकोषमा राखिने

सौल दक्षिण कोरिया

स्याङ्जा समाज दक्षिण कोरियाले आयोजना गरेको डबल ब्याडमिन्टन प्रतियोगिताबाट कुल ५५ लाख ४२ हजार ८९१ वोन नाफा गरेको छ। जान १८ तारिक भर्चुअल बैठकको आयोजना गर्दै कार्यसमितिले आय व्यय विवरण सार्वजनिक गरेको छ।

ब्याडमिन्टन प्रतियोगिता शेक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्य अनुरुप मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने गरि नाफाको सम्पूर्ण रकम अक्षयकोषमा राखिने कार्यसमितिले निर्णय गरेको छ।

Trip

प्रतियोगितामा आयोजकले फ्रेम मार्फत सहयोग रकम ६८,४४,७९१ वोन र सहभागि टिम शुल्क मार्फत ३७,६०,००० वोन् गरि कुल आम्दानी १,०६,०४,७९१ वोन गरेको थियो।
व्ययतर्फ क्र.सं. Shuttle चोकक १०,००,००० वोन, हल टेन्ट र फोहोर व्यबस्थापन खर्च ६,५०,००० वोन , ट्रफी , मेडल ३,४८,००० वोन् , जर्सी २,१०,००० वोन , बयडमिन्टन संघ अनुमति शुल्क १,००,००० वोन , प्रशंसा पत्र + अन्य प्रिन्ट८५,००० वोन , पुरस्कार २४,००,००० वोन
साउण्ड सिस्टम चार्ज शुल्क ३०,००० वोन , move स्प्रे १३,५०० वोन , पाहुना खाजा खर्च ६५,००० वोन, पानी, ह्युजी, ब्याट्री, मार्कर र क्याण्डल
१,६०,४०० वोन गरि जम्मा खर्च ५०,६१,९०० वोन् भएको थियो।
कुल आम्दानी १,०६,०४,७९१वोन् र जम्मा खर्च ५०,६१,९००वोन कटौति गरि जम्मा ५५लाख ४२हजार ८९१वोन् संस्थाले आम्दानी गरेको छ।

प्रतियोगिताको आय-व्यय यस प्रकार रहेको छ ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय