Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन वन १५ वर्ष यताकै कमजोर

कोरियन वन 2009 को विश्वव्यापी वित्तीय संकट पछि पहिलो पटक सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।

डलर अझै वलियो हुनु,देशको आर्थिक वृद्धि न्युन र पछिल्लो राजनीतिक घटनाक्रमले यो समस्या आएको हुन सक्ने विज्ञहरुले बताएका छन ।

बिहान ११ बजेसम्म, कोरियाली वोन प्रति डलर १,४४९.५ मा व्यापार भइरहेको थियो र ३:३० बजे सम्म कोरियन वोन प्रति डलर १,४६४.८ मा मापन गरिएको थियो । यो मार्च 16, 2009 मा रेकर्ड गरिएको 1,488 वोन पछिको सबैभन्दा कम स्तर हो।

Trip

डिसेम्बर 3 मा राष्ट्रपति युन सुक येओलले अल्पकालीन मार्शल ल घोषणा गरेपछि स्थानीय मुद्रा ग्रीनब्याकको बिरूद्ध विशेष रूपमा कमजोर भएको थियो। त्यसबेलादेखि 1,430 स्तरको वरिपरि रहेको थियो।
फेडरल ओपन मार्केट कमिटी (FOMC) ले बुधबार (अमेरिकी समय अनुसार) आफ्नो बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले घटाएर ४.२५ देखि ४.५० प्रतिशतको दायरामा ल्याएको छ ।

अर्थमन्त्री चोई साङ-मोकले यसअघि प्रमुख विश्व मुद्राहरूले महत्वपूर्ण कमजोरी देखाउँदै आएको भन्दै छोटो अवधिमा देशको वित्तीय र विदेशी मुद्रा बजारमा अस्थिरता बढ्ने अनुमान गरेका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय