Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा मन्त्रालयको भिआइपि कार्ड पाउने पहिलो नेपाली डा.राजेश चन्द्र जोशी

सोल

कोरियन कानुन तथा न्याय मन्त्रालयले डा. राजेश चन्द्र जोशी लगायत चार जना विदेशी मुलका कोरियाली नागरिकलाई विषेश सामाजिक सेवा गरेवापत यस वर्षको सम्मान सहित भिआइपि कार्ड प्रदान गरेको छ ।

कोरियाको अध्यगमन विभागबाट प्रदान गरिएको यस भि.आइ.पी कार्डबाट विदेश यात्रा गर्दा विमानस्थलमा कुटनीतिक तथा सरकारी कर्मचारीका रातो पासपोर्ट सरहको सुविधा मिल्ने छन् । कोरियन सरकारबाट यस्तो भि.आइ.पी कार्ड प्राप्त गर्ने आफु पहिलो नेपाली भएको डा. जोशीले बताए ।

चिकित्सा पेशा अपनाउदै आएका डा. जोशी २७ वर्षदेखि कोरियामा रहदै आएका छन् । कोरियन नागरिकसंग विवाह गरेका डा. जोशी बहुसंस्कृतीक परिवारको नीति निर्माणको सल्लाहकार समितिमा आबद्ध रहेका छन् भने कोरियामा रहेका नेपालीहरुलाई प्रत्यक्ष तथा टेलिफोनद्धारा स्वस्थ्य परामर्श प्रदान गर्दै आएका छन् । हाल ख्यइ०जु बृद्धबृद्धा अस्पतालमा कार्यरत डा. जोशीले कोरियाली संघ संस्थासंग मिलेर नेपालमा पनि विभिन्न सेवा पुराउदै आएका छन् ।

यसैगरी मन्त्रालयबाट सम्मानीत हुनेमा ताइवानी मुलका बाइ के, चिनिया मुलका किम हे मुन र भियत्नामी मुलका दो उनआ रहेका छन् ।

 

स्रोत फ़ोनिज कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय