Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा गर्मी बिदामा समुन्द्री तटमा मास्क नलगाई गएमा ३० लख वन सम्म जरिवाना लाग्ने

बुसानका केही लोकप्रिय सामुन्द्रिक तट हरुमा घुम्न जाने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने भएको छ।बुसान सहरका स्वास्थ्य अधिकारीले बताएअनुसार आउदो जुलाई २५ तारिखदेखी लागु हुनेगरी बुसानका लोकप्रिय सामुन्द्रिक तटहरु क्रमश हेउन्दे फादा,सोङ्गजङ्ग फादा,ग्वाङ्गाली फादा,दादेपो फादा र सोङ्दो फादा घुम्न जाने पर्यटकहरुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने भएको हो।

उक्त नियम उल्लङ्घन गर्नेलाई करिव ३० लाख कोरियन वोन (२५०० अमेरिकी डलर) जरिवाना हुने जनाईएको छ।अन्य फादाहरुमा जुलाई २५ बाट लागु हुने यो नियम हेउन्दे फादामा भने जुलाई २० बाटै लागु हुने उल्लेख छ।त्यसैगरी फादा क्षेत्रमा खाने तथा पिउने पनि निषेध गरिएको छ,उक्त नियम उल्लङ्घन गर्नेलाई समेत ३० लाख वोन जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।त्यस क्षेत्रका साना तटिय क्षेत्रमा भने यो नियम लागु नहुने भएको छ तर त्यहाँको स्थानिय सरकारले मानिसको चाप हेरेर उक्त नियम लागु गर्न सक्ने ब्यबस्था भने गरिएको नियममा उल्लेख छ।

“हामी कोरोना नियन्त्रण गर्न हरतरहले लागेका छौँ।यो नियम आम जनताको सुरक्षाको लागी भएकोले सबैले सहर्ष पालना गर्नुहुनेछ।” बुसान सहरी अधिकारीले बताए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय