Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा श्रमिकले गर्नुपर्ने बिमा र यसबाट हुने फाइदा

कोरियामा कार्यरत ६ महिना भन्दा ज्यादा कोरिया बस्ने कार्ड भएका प्रवासी श्रमिकले २०१९ को जुलाई १६ तारिख देखी स्वास्थ्य बिमा अनिवार्य गर्नु पर्ने भएको छ ।

त्यसकारण स्वास्थ्य विमा दर्ता न गरेको अथवा विमा रकम नतिरेको प्रवासी श्रमिक ले भिषा परिवर्तन अथवा समय बढाउने बेलामा अफ्यारो हुने भनिएको छ । स्वास्थ्य विमा नगरेका प्रवासी श्रमिक ले आफ्नो रोजगार दाता लाई भनेर अनिवार्य विमा दर्ता गराउनुपर्छ । यदि रोजगारदाता ले दर्ता गर्न नमानेमा रास्ट्रीय स्वास्थ्य विमा केन्द्रमा उजुरी गर्नुपर्छ । कम्पनी मार्फत विमा दर्ता गर्ने व्यक्तीको व्यक्ति को विमा रकम औसत तलब को ६.४६% हुन्छ जुन रोजगारदाता र श्रमिक ले आधा आधा तिर्नु पर्छ । कम्पनी मार्फत विमा दर्ता गरेको व्यक्तीले कार्यस्थल परिवर्तन वा रोगको उपचार को लागी कार्यस्थल छोडेमा भने उक्त रकम आफैले तिर्नुपर्ने हुन्छ ।

रोजगार प्रणालीका लागी अनिवार्य ४ किसिम का विमा
रोजगार प्रणाली मा प्रवासी श्रमिक ले २ ओटार रोजगारदाताले २ ओटा गरि अनिवार्य रुपमा दर्ता गर्नुपर्ने ४ किसिम का विमा छन रोजगारदाताले गर्ने विमामा स्वदेश फिर्ता अवधि समाप्ति विमा र ज्याला तिर्न नसक्दा ग्यारेन्टी विमा रहेका छन भने प्रवासी श्रमिकले स्वदेश फिर्ता खर्च विमा र चोटपट विमा रहेका छन ।

१- स्वदेश फिर्ता अवधि समाप्ती विमा थेजिकगम

यो थेजिकगमको लागी पुर्व तयारी विमा हो । रोजगारदाताले हरेक महिना मजदुर को सम्झौता पत्र अनुसार ज्यालाको ८.३% रकम अनिवार्य रुपमा तिरेको हुन्छ । एउटा कार्यस्थल मा १ बर्ष भन्दा बढि काम गरेको श्रमिकले एक महिनाको तलब बराबर को रकम थेजिकगम को रुप प्राप्त गर्ने प्रावधान छ । यो रकम मध्ये रोजगारदाताले सामसङ ह्वाजे मा जम्मा गरेको रकम स्वदेश फर्किने वेला विमानस्थल अथवा स्वदेश फर्केर त्यहाको बैङ्क खातामा रकम प्राप्त गर्न सकिन्छ । योरकम कोरियामा प्राप्त गर्न न मिल्ने भएका कारण धेरै प्रवासी श्रमिक लाई यसको जानकारी नभएर नलिने गरेका पनि छन ।
सावधान हुनुपर्ने कुरा के हुन आउछ कि रोजगार दाताले थेजिकगम सम्पुर्ण रकम साम्सङ ह्वाजेमा जम्मा नगर्ने हुनाले कम भएको रकम रोजगारदाता सित कार्य छोडने वेला मा माग गर्नुपर्छ । यो रकम भिषा न हुने श्रमिकले पनि प्राप्त गर्ने हुदा नदिएको खण्डमा प्रवासी श्रमिक युनियन मा सम्पर्क गरेर आवस्यक जानकारी प्राप्त गर्न सकिन्छ ।
साम्सङ ह्वाजेमा पेश गर्नुपर्ने आवस्यक कागजात – विमा रकम निवेदन पत्र ,पासपोर्ट को फोटोकपि , बिदेशी दर्ता कार्डको फोटोकपि , बैङक खाता को फोटोकपि ,स्वदेश फिर्ता हुने पुस्टि टिकट को फोटोकपि ।

सोधपुछ का लागी : साम्सङ ह्वाजे फोन नम्बर – 02-2261-8400 / फ्याक्स 0505-161-1421

२- नपाएको ज्याला ग्यारेन्टी विमा

ज्याला तिर्न नसक्ने अवस्था को लागी पुर्व तयारी गर्न रोजगारदाताले गर्नुपर्ने विमा हो । ज्याला नपाएको खण्डमा यो विमा बाट २० लाख वन सम्म प्राप्त गर्न सकिन्छ ।
पेसगर्नुपर्ने कागजात :- विमारकम निवेदन पत्र, नपाएको ज्याला इत्यादि रोजगारदाता पुष्टि पत्र , पासपोर्ट ,विदेशि दर्ता कार्ड , बैङक खाता प्रतिलिपि
सोधपुछ : सौल बोजङ बोहम फोन 02-777-6689/ फेक्स 02-777-6679

३-स्वदेश फिर्ती खर्च विमा

यो विमा श्रमिक ले स्वदेश फिर्ता हुने तयारी को लागी जहाज टिकट खर्च बराबर को रकम तिर्ने विमा हो । यो रकम बिना भिषा बसेको श्रमिक ले पनि घर जाने बेलामा प्राप्त गर्न सकिन्छ ।

४-चोटपटक विमा

यो कोरियामा बसोबासको क्रममा उत्पन्न हुने गम्भिर रोग , मृत्यु भएमा क्षतिपूर्ति पाउन गरिने विमा हो । यो पहिलो पटक दर्ता गरेमा ३ बर्ष सम्म ग्यारेन्टी हुन्छ भने १ बर्ष १० महिनाको अवधि थप गरेमा फेरी विमा दर्ता गर्नु पर्छ ।

पेश गर्नुपर्ने कागजात : विमा रकम निवेदन पत्र , बैङक खाता प्रतिलिपि , घटना प्रमाणिकरण गर्ने कागजात ( अस्पताल को रिपोर्ट आदि ) , पासपोर्ट, विदेशी दर्ता कार्ड

सोधपुछ : साम्सङ ह्वाजे फोन 02-2261-8400/ फ्याक्स 0505-161-1421

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय