Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियन एअरले कोरोनाका कारण स्थगित भएका अन्तरास्ट्रिय उडान जुन १ बाट सुचारु गर्ने !

सोल-कोरियाको सबै भन्दा ठूलो तथा राष्ट्रिय ध्वजा बाहक कोरियन एयरलाइन्सले आगामि जुन महिनाबाट दर्जनौ अन्तराष्ट्रिय उडान गर्न सुरु गर्ने भएको छ ।कोरोना संक्रमणका कारण ९० प्रतिशत भन्दा बढी उडान कटौति गरेको एयरलाइन्सले संक्रमण नियन्त्रणमा आए सँगै उडान सुरु गर्ने बताएको हो ।आगामी जुन १ तारिखमा १९ वटा अन्तराष्ट्रिय गन्तव्यहरुमा उडान भर्ने कम्पनिले जनाएको छ ।

यात्रुहरुको चाप कम भएता पनि कार्गोको माग अत्याधिक भएका कारण कार्गो उडान सुरु गर्ने कम्पनिले जनाएको छ ।उक्त एयरलाईन्सका उडानहरु अमेरिका, सिङ्गापुर, क्यानडा, मलेसिया, चीन लगायतका देशहरुमा रहने छन् । कम्पनिका अनुसार यि उडानहरु संक्रमणका कारण ठप्प रहेका यात्रुहरुलाइ चहलपहल गराउने उद्धेश्यका साथ सुरु गरिएका हुन् ।हाल कम्पनिले १३ वटा अन्तराष्ट्रिय विमानस्थलहरुमा हप्ताको ५५ उडान गर्दै आएको छ ।

कम्पनिका अनुसार सामान्य समयमा ११० वटा लामो दुरीमा ९०० बढी उडान भर्दै आएको थियो । कम्पनिले आगामी जुन महिनाबाट ३२ अन्तराष्ट्रिय हवाई मार्ग मार्फत १४६ उडान प्रति हप्ता सुरु गर्ने लक्ष राखेको छ ।हाल कम्पनिले आफ्ना २ लाख कर्मचमरीहरु मध्ये ७० प्रतिशतलाई ६ महिनाको लागि पेड विदामा घर पठाएको छ । त्यस्तै कम्पनिलाई हालसम्म ६२४.८७ बिलियन वन बरावरको घाटा लागिसकेको पनि कम्पनिले जनाएको छ ।हटपाटीबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय