सोल | २२ अक्टोबर २०२६
कोरियामा अहिले पतझडको मौसम (단풍) चलिरहेको छ। पहाडहरू रातो, पहेँलो र सुनौला रंगले भरिएका छन्। कोरिया वन सेवाको पूर्वानुमान नक्सा अनुसार यस वर्ष पतझड उत्तरी गाङ्वोन क्षेत्रका पहाडबाट सुरु भएर अक्टोबरको अन्त्यतिर देशभर शिखरमा पुग्ने अपेक्षा छ। वन सेवाले कम्तीमा ५०% पात रंग फेरिएको अवस्थालाई शिखर (peak) मान्छ।
वन सेवाको पूर्वानुमानमा सराक्सान २० अक्टोबर, सोङ्निसान २८ अक्टोबर, नेजाङ्सान ४ नोभेम्बर र हाल्लासान ६ नोभेम्बरमा शिखरमा पुग्ने भनिएको छ। तर निजी स्रोतहरूका अनुमानमा केही फरक छ। उनीहरूका अनुसार केन्द्रीय क्षेत्रमा अक्टोबर ३१ देखि नोभेम्बर ५ सम्म र जिरिसान तथा दक्षिणमा नोभेम्बर ५ देखि १३ सम्म शिखर रहनेछ। मौसमअनुसार मिति केही दिन अगाडि-पछाडि हुन सक्छ, त्यसैले यात्रा तय गर्नु अघि ताजा पूर्वानुमान हेर्नु राम्रो हुन्छ।
१. सराक्सान (설악산)
कोरियामा सबैभन्दा पहिले रंग फेर्ने र सबैभन्दा नाटकीय दृश्य भएको पहाड यही हो। ठुला चट्टानी चुचुरा र रातो मेपलका पातको जोडी अत्यन्त मनमोहक हुन्छ। यसको शिखर समय अहिले अन्तिम चरणमा छ।
ठेगाना: 833 Seoraksan-ro, Sokcho-si, Gangwon-do (सोक्छो प्रवेशद्वार) 강원특별자치도 속초시 설악산로 833
के हेर्ने: केबल कार (Gwongeumseong), सिन्हुङ्सा मन्दिर वरपरको रंगीन दृश्य
२. नेजाङ्सान (내장산)
कोरियाको “पतझडको पर्याय” भनेर चिनिने ठाउँ। रातो मेपलका सुरुङ र सुनौला जिङ्गो रूखहरू यहाँका विशेषता हुन्। शिखर समय नोभेम्बरको सुरुमा पर्छ, त्यसैले महिनाको अन्त्यमा जाँदा रंग बिस्तारै गाढा हुँदै गइरहेको देखिन्छ।
ठेगाना: Naejangsan-ro, Jeongeup-si, Jeollabuk-do 전북특별자치도 정읍시 내장산로 1207
कसरी जाने: सोलबाट KTX ट्रेन चढेर जोंग्गाप स्टेशनमा झरी बस वा ट्याक्सी लिन सकिन्छ।


३. ख्यांगोप गुङ्ग दरबार (경복궁) — सोल
सहरभित्रै पतझड हेर्नु छ भने सबैभन्दा सुविधाजनक विकल्प। पारम्परिक दरबार, ह्याङ्वोन्जेओङ मण्डप र रंगीन पातको दृश्य एकै फ्रेममा आउँछ। हानबोक (परम्परागत पोशाक) लगाएर फोटो खिच्न धेरै पर्यटक यहाँ आउँछन्।
ठेगाना: 161 Sajik-ro, Jongno-gu, Seoul 서울특별시 종로구 사직로 161
४. नामी टापु (남이섬)
हान नदीको बीचमा रहेको सानो टापु, जहाँ जिङ्गो र मेटासेक्वोइया रूखका लामा बाटाहरू पतझडमा सुनौलो बन्छन्। सोलबाट एक दिनमै घुमेर फर्कन सकिन्छ।
ठेगाना: 1 Namisum-gil, Namsan-myeon, Chuncheon-si, Gangwon-do 강원특별자치도 춘천시 남산면 남이섬길 1

५. बुल्गुक्सा मन्दिर (불국사)
प्राचीन सिल्ला राजवंशको राजधानी ग्योङ्जु पतझडमा सबैभन्दा शान्त र ऐतिहासिक देखिन्छ। यूनेस्को विश्व सम्पदा सूचीमा रहेको बुल्गुक्सा मन्दिरको वरिपरि रंगीन रूखहरू छन्।
ठेगाना: 385 Bulguk-ro, Gyeongju-si, Gyeongsangbuk-do 경상북도 경주시 불국로 385
