Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

विश्वकर्मा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न, जीवन साशंकर अध्यक्षमा निर्वाचित

सियोल, दक्षिण कोरिया — विश्वकर्मा समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन हर्षोल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरिप्रसाद खनाल उपस्थित हुनुहुन्थ्यो।
अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, तथा कोरियामा रहेका सामाजिक एवं जिल्लागत संस्थाहरूका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले दक्षिण कोरियामा रहेका विश्वकर्मा दाजुभाइहरू बीचको एकता र सामाजिक विसंगति र विकृतिका बिरुद्द थप एकताबद्द भएर लड्ने अपेक्षा राखिएको छ।
नवनिर्वाचित पदाधिकारीहरू:

अध्यक्ष – जीवन साशंकर
वरिष्ठ उपाध्यक्ष – जीत रसाइली
उपाध्यक्षहरू – अभिनाश बराइली, रामकुमार विश्वकर्मा
महासचिव – सज्जन कुमार सिंह
प्रवक्ता – सागर सुनार
सचिव – जीवित सुनार
कोषाध्यक्ष – राजु बिक
सह-कोषाध्यक्ष – मदन सेन्चुरी
सदस्यहरू – दीपक विश्वकर्मा, अमिर विश्वकर्मा, इन्द्र विश्वकर्मा, सुवास गजमेर

Trip

नवनिर्वाचित अध्यक्ष जीवन शसांकर लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले विश्वकर्मा समाजलाई थप सक्रिय र एकताबद्ध बनाउने विश्वास गरिएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय