Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाली राष्ट्रपतिलाई पक्राउ गर्न अदालतको आदेश

अशोक मैनाली

सिओलको एक अदालतले दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति युन सुक योललाई सैनिक शासन लगाउने असफल प्रयासमा पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।

सिओलको पश्चिमी जिल्ला अदालतले उच्च अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान कार्यालय (CIO) को अनुरोधमा पुर्जी जारी गरेको हो। राष्ट्रपति युनमाथि डिसेम्बर ३ मा असफल सैनिक शासन घोषणा गर्ने योजना बनाएको, विद्रोहको नेतृत्व गरेको, र शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ।

Trip

यस अनुसन्धानको सिलसिलामा सिओलको योंगसानस्थित राष्ट्रपतिको निवासमा छानबिन गर्न अदालतले खोजी पुर्जी पनि जारी गरेको छ।

सिआईओले राष्ट्रपति युनलाई तीन पटक बोलाएको थियो तर उपस्थित नभएकोले पक्राउ पुर्जीको लागि निवेदन दिएको बताएको छ।
-नयां दैनिकी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय