Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियाको राजनीतिक दल”जनशक्ति पार्टी ” विघटन गर्न निवेदन दिनेको संख्या एक लाख १० हजार नाघ्यो.

मीन बि क ,सौल दक्षिण कोरिया 

राष्ट्रिय जनसहमति निवेदनको वेवसाइटको मुख्य पेजमा  ‘संविधान र कानुन उल्लंघन गर्ने जनशक्ति पार्टी विघटनसम्बन्धी निवेदन’ परिरहेको छ । आज बिहान 10 बजे  सम्मको तथ्यांकलाई आधार मान्ने हो भने  जनशक्ति पार्टी विघटन गर्नको लागि सहमती सहित  हस्ताक्षर गर्नेको संख्या 110,000 नाघेको छ ।

 कोरियाको नियम अनुसार   ५०,००० भन्दा बढी व्यक्ति सहमत भएमा सार्वजनिक सहमतिको निवेदन सम्बन्धित स्थायी समितिमा पठाइन्छ।

Trip

जनशक्ति पार्टीका सांसदहरू, प्रतिनिधि किम ये-जी, किम साङ-वुक र आन चेओल-सु बाहेक,  राष्ट्रपति बिरुद्द ” महाभियोग” विधेयकमा मतदान गर्न  सामूहिक रुपमा  अनुपस्थित  भएकोले संविधानको उल्लङ्घन” भएको निवेदकहरुको तर्क छ ।

 “राष्ट्रिय सभाका सदस्यले राष्ट्रिय हितलाई प्राथमिकता दिई आफ्नो विवेक अनुसार कर्तव्य निर्वाह गर्नुपर्नेमा  सामुहिक रुपमा  मतदानका लागि बाधा पुर्याएको जनताहरुले आफ्नो रायमा भनेका छन । “यसले गर्दा  सार्वभौमसत्ताको सिद्धान्तलाई कमजोर बनाउँने र देशको लोकतान्त्रिक पद्धतिलाई समेत कमजोर बनाउने तर्क छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय