कोरियाको बाहिरी जनजिबन अत्यन्तै सामान्य तर राजनीतिक अबस्था भने असामान्य
राजु श्री दक्षिण कोरिया,
कोरियाको बाहिरी जनजिबन अत्यन्तै सामान्य छ । तर राजनीतिक अबस्था भने असामान्य बनेको छ । क्रमश: जटिलता हरु थपिदै गएका छन् । एक्कासी मार्शल कानुन ल्याएर सन्सार लाई नै चकित पारेका राष्ट्रपति यून सुक-योल माथी बिपक्षी दल ले महाअभियोग प्रस्ताब अघि बढाएको छ । यो प्रक्रिया लाइ संसदमा मतदान गरेर टुंगो लगाइने कानुनी प्राबधान रहेको छ ।
अब दक्षिण कोरियाको राजनीतिक स्थिति थप अस्थिर हुन सक्छ । यदि महाभियोग पारित भयो भने, उनको राष्ट्रपति पद निलम्बनमा पर्नेछ । पदबाट घटाउने अन्तिम निर्णय भने संबैधानिक अदालतले गर्नेछ । उनको आफ्नै पार्टीका सांसद हरुले समेत महाअभियोगको पक्षमा मतदान गर्न सक्ने प्रबल सम्भबना रहेको छ ।
राष्ट्रपतिको यो कदम बिरुद्द राजधानी आसपास क्षेत्रमा व्यापक जनप्रदर्शन भैरहेको छ । जनता , कानुन ब्यबसायी र सन्चार माध्यम हरुले खुलेर बिरोध गरिरहेका छन् । राष्ट्रपति योल ले बिपक्षी दलका नेताहरुलाइ अप्रत्यक्ष रुपमा उत्तर कोरियाको एजेन्ट समेत भन्न भ्याएका छन् । सार्बभौम मुलुकमा गम्भीर असंबैधानिक कदम चालेका कारण संबैधानिक अदालत ले समेत बचाउ गर्न नसक्ने कानुन ब्यबसायी हरुको तर्क रहेको छ ।
यसैबीच, सरकार र सुरक्षा निकायले देशको स्थायित्व कायम गर्न प्रयास गर्नेछन् । नागरिकहरूले लोकतान्त्रिक प्रणालीको संरक्षणको माग गर्दै प्रदर्शनलाई जारी राख्न सक्छन् । यो घटनाले कोरियाली राजनीतिक परिदृश्यमा दीर्घकालीन प्रभाव पार्न सक्छ । जसको प्रत्यक्ष असर मजदुर माथी पनि पर्न जानेछ ।
Comments