Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आत्महत्या समस्या समाधानको पुल होईन !

गुरुदत्त न्यौपाने

पछिल्लो समय दक्षिण कोरिया नेपाली यूवाहरुको एउटा आकर्षणको केन्द्रबिन्दु  बनेको छ। रोजगारीको शिलशिलामा रोजगार अनुमति प्रणाली (EPS) मार्फत धेरै युवाहरु दक्षीण कोरियाका औधोगिक ,कृषि तथा पशुपालन क्षेत्रमा दिनानुदिन भित्रिने क्रम जारी छ।आम्दानिको दृस्टिकोणले अरु गल्फ मुलुकहरुमा भन्दा राम्रो भएको कारणले पनि युवाहरु यतातर्फ आकर्षित छन।

नेपालमा बिधमान राजनैतिक अस्थिरता,परिवारको आर्थिक अबस्था, बेरोजगारी ,शैक्षिक योग्यता अनुसार काम नपाउनु साथै पाईहाले पनि पारिश्रमिक एकदमै कम हुनुका पछाडी वैदेशिक रोजगार आकर्षित छ।वैदेशिक रोजगारको नाममा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल को बाटो भएर दिनहुंजसो हजारौँ युवाहरु आफ्नो मातृभूमि छोडेर आकाशको यात्रा तय गर्छन।बैदेशिक रोजगारी ले एकातिर रेमिट्यान्स भित्राएर समग्र रास्ट्रको आर्थिक विकासमा कांध थापेको छ भने अर्कोतर्फ बर्शेनी शिक्षित जनसक्ति अदक्ष कामदारको रुपमा बैदेशिक रोजगारीको नाममा बाहिरिनु भबिस्यमा देशकै लागी अभिशाप सरह हुनेत होईन भन्नेजस्ता प्रश्नचिह्न खडा भएका छन।

रोजगारी अनुमती प्रणाली मार्फत दक्षिण कोरिया जाने युवाहरुको संङख्या पनि बर्षेनि बढदो क्रममा छ। रोजगार अनुमती प्रणाली लागु भए यता दक्षिण कोरियामा नेपालीहरुको सङख्या झन्डै ५०,००० को हाराहारी पुगेको छ।नेपालको परिप्रेक्ष्यमा दक्षिण कोरिया आउने १८ देखि २५ बर्ष उमेर समुहका +२ तथा स्नातक पढदै गरेका युवाहरुको संङख्या उच्च छ।बिधार्थी उमेरमा नेपालमा कामको नाममा सिन्को नभाचेका,परिवारमा बुवा आमाले पुलपुल्यायर पालेका,अभाबको महशुश नगरेका,जिम्मेवार बहन नगरेका साथै घरमा सेठ पल्टेर खाएका युवाहरुलाइ दैनिक १२/१५ घन्टाको कामको प्रेशर तथा यहाँको ब्यस्त दैनिकी संग हेलमेल हुनको लागि हम्मेहम्मे पर्छ।त्यो पारिवारिक पृस्ठभुमि बाट हुर्केका व्याक्तिहरु छिट्टै मानसिक तनाबमा पर्ने गरेका छन।

हुनत मानसिक तनाब नभएका मान्छेहरु यो संसारमा सायदै छैनन होला।मानसिक तनाबमा पर्नु ठुलो कुरा पनि होईन तर त्यसको सही ब्यबस्थापन गरेर अगाडी सबैभन्दा महत्वपुर्ण पक्ष हो ।जसले समस्यालाइ सारथि बनायर सुख र दुःख जिन्दगीका पाटा हुन भन्ने स्विकार्छ उसले अर्थपुर्ण जिन्दगी जिउन सक्छ तर त्यसको ठिक बिपरीत जसले समस्या,बाधा,अडचन र संघर्ष लाइ सारथि बनाउन सक्दैन त्यो मान्छे मानसिक तनाब मा फस्दछ।जब तनाब ले चरम बिन्दु पार गर्दछ तब उसले त्यसको अन्तिम समाधान आ’त्महत्या रोज्दछ।

पछिल्लो समयमा कोरियामा नेपाली युवाहरुको बिभिन्न कारणले मृत्यु भएका खबरहरु सामाजिक संजालमा छ्यापछ्यापति समाचार हरु पढनुपरेको तपाइहरु माझ सर्वविदितै छ।जसमा औधोगिक दृ’घटना, हृदयघा’त, डि’प्रेशन तथा अन्य बिभिन्न कारणले ज्यान गुमाउने हरु छन।यो हाम्रो लागी दुर्भाग्य तथा चुनौती को बिषय बनेको छ। कोरिया आएर कतिपय युवाहरुले आफ्नो परिवारको आर्थिक अबस्थालाइ कायापलट गरेका थुप्रै उदाहरण भएतापनि केहि युवाहरुले परिवारलाइ कहिल्यै सन्चो नहुने घाउ बनाईदिएर संसारबाट बिदा भयका छन।यो निर्णयले भलै उसको समस्या त समाधान होला।तर परिवारलाई थप समस्या थुपारेर लिएको निर्णय को कुनै तुक हुदैन।

कोरियामा नेपाली

मानसिक तनाब यानिकि डिप्रेसन मा पर्ने कारणहरु धेरै छन।जसमा नेपालमा जस्तो सोँचेको थियो वास्तबिकता मा त्यस्तो नहुनु,बृद अशिक्षित मान्छेहरु संग काम गर्दा उनिहरुको बिचार संग हेलमेल हुन नसक्नु,भाषागत समस्या,आफुलाई निको हुन नसक्ने रोग लागेको थाहा हुनु,कार्यक्षेत्रमा दिनहुंजसो दुब्यबहार तथा झगडा पर्नु, ब्यस्त दैनिकि संग समायोजन हुन नसक्नु, कामसंग रमाउन नसक्नु,कम्पनि छोडन साहुबाट लेटर नपाउनु,आफ्नै नेपाली साथीहरु द्वारा हेपिनु,यहाँको संस्कृति,वातावरण,खानपानमा रमाउन नसक्नु,बस्ने ब्यबस्था भनेजस्तो नहुनु,आफ्नै रुममेट संग पर्याप्त संचार नहुनु,नेपालमा भयका परिवारसंगको झगडा तथा बेमेल,प्रेममा असफल हुनु जस्ता धेरै कारणहरुले नेपाली युवाहरु मानसिक तनाब(डिप्रेसन)को शिकार भएका छन।मानसिक तनाब को लेबल उच्च हुदैगर्दा आ’त्महत्या का सोँचहरुको बिजारोपण हुन्छ।

मानसिक तनाब बाहेक मृत्युहुने अरु कारणहरु पनि ब्याप्त छन।अत्यधिक धुमपान तथा मधपान गरि बेहोस तालमा सुत्नु, कोठामा पर्याप्त मात्रामा अक्सिजनको परिबहन नहुनु,जाडो समयमा झ्याल ढोका तथा भेन्टिलेशन बन्द गर्नु तथा बोईलर,हिटर जस्ता हिटिङ उपकरण को तापक्रम मेन्टेन नगरि सुतिदिनाले कोठामा भएको अक्सिजन तथा शरिरमा भयको पानीको मात्रा ति हिटिङ उपकरणले सोसिदिनाले शरिरलाई चाहिंने अक्सिजन अभाब तथा डि-हाईड्रेशन का कारणले कतिपयले अकालमै आफ्नो ज्यान गुमाउनु परेको छ।

साथै औधाेगिक क्षेत्रतर्फ कामगर्ने हरुले लगातार रुपमा स्वचालित तथा म्यानुअल मेशिनमा काम गर्नुपर्ने भएकोले अत्यधिक मदिरा शेबन गरि काम गर्नाले,अनिद्राको कारणले,काम गर्दा मन अन्तै डुलाउनाले,मानसिक तनाबको कारणले,पारिवारिक झैझगडा,कार्यस्थलमा हुने दुर्वबहार का कारणले औधाेगिक दुर्घटना भई अंगभंग तथा ज्यानै गुमाउने जस्ता घटनाहरु पनि बढिरहेका छन।

जहां ईच्छा त्यहां उपाय भनेजस्तै हरेक समस्याको कहिं न कहिं समाधान लुकेकै हन्छ।समस्या आउछ त समाधान लिएर त्यसैले माथि चर्चा गरिएका कतिपय समस्याहरुलाई सही पहिचान गरेर हामीआंफै ब्याक्तिगत तबरले पनि समाधान गर्नसक्छौँ भने कतिपय समस्याहरु समाधान गर्न साथिसमुह,बिशेशज्ञ ,संबन्धित निकाय तथा संघसंस्था हरुले महत्वपुर्ण भुमिका खेल्दछन।हामी नेपालीहरु कतिपय सानातिना,झिनामसिना कुराहरुलाइ वेवास्था गर्छौँ तर पछी गएर तिनै साना झिनामसिना कुराहरु बिकराल भइदिन्छन।हामीहरुले सामान्य खानपान तथा सुत्ने बानीमा मात्रै सुधार ल्यायौँ भने पनि कतिपय समस्याहरु आंफै हल हुन्छन।समयमा खाने,सुत्ने,उठने,ब्यायाम गर्ने,मादक पदार्थ तथा धुमपान नगर्ने,कोठाको भेन्टिलेशन रेगुलर चेक गर्ने यानकि कोठामा प्रशस्त मात्रामा अक्सिजन छिर्ने ब्यबस्था मिलाउने,सुत्नु अगाडि ठुलो भाँडोमा पानी भरेर।कोठामा राख्ने जसले गर्दा ककोठाो आद्रता मेन्टेन भइ शरिरमा डि-हाइड्रेशन हुन पाउदैन,

हिटर तथा हिटिङ उपकरण कोतापक्रम दिनहुंजसो घटबढ गराईरहने,साथै आफ्ना समस्या साथी हरुलाइ शेयर गर्ने,फुर्सदको समयमा साथीहरु संग घुम्न जाने रमाइलो गर्ने,नेपाली संघसंस्था हरुले आयाेजना गरेका सांस्कृतिक कार्यक्रम,पार्टि ,पिकनिक तथा भ्रमणमा सहभागी हुने,बिदाको समयमा मनपर्ने परिकार साथीहरुसंग मिलेर बनाएर खाने,छुसक तथा सलनालमा आफ्नो गाउंठाऊं का साथीहरुसंग भेटि सुख दुःख शेयर गर्ने,नजिकैको बिदेशी सहयोग संस्था मा गइ त्यहां आयाेजना गरिएका बिभिन्न कार्यक्रममा सहभागिता जनाउने,गितार ,कम्प्युटर तथा कोरियन भाषा साथै बेलाबेलामा HRD ले आयाेजना गर्ने तालिमहरुमा सहभागी हुने,घरपरिवार संग नियमित रुपमा इन्टरनेटको माध्यमबाट अपडेट भईराख्ने,गुगलबाट बिभिन्न कुराहरु सर्चगरि सिक्ने,साथै आफुलाइ मनपर्ने गितसुन्ने तथा मुभिहरु हेर्ने ,गेम खेल्ने गर्नाले मानसिक समस्याहरुलाइ न्युनिकरण गर्न सकिन्छ।

मानसिक तनाब दक्षिण काेरियामा यउटा बिकराल समस्याको रुपमा खडा भएको छ।यसलाई न्युनिकरण गर्न बिलम्ब गर्नुहुदैन।सम्बन्धित निकायहरुले यसको बारेमा गहन अध्ययन गरेर छिट्टै न्युनिकरण गर्ने उपायहरु प्रतिस्थापन गर्नुपर्ने देखिएको छ।हुनत बेलाबेलामा कोरियामा भएका जिम्मेवार संघसंस्था हरुबाट यस बिसयमा कार्यक्रम नभएका भने होईनन तर जति प्रभाबकारी हुनुपर्ने हो त्यो उचाइ सम्मचांही नभएकै हो ।नेपाली दुताबास,गैर आवासिय नेपाली संघ साथै बिभिन्न जिम्मेवार संस्थाबाट बेलाबेलामा नेपालबाट नशा तथा मानशिक रोग बिशेशज्ञ हरुलाई कोरिया बोलाएर प्रतयक्षरुपमा काउन्सेलिङ प्रोग्राम तथा मानसिक रोग लागेको पहिचान भएका ब्यक्तिहरुलाइ सल्लाह तथा उपचार साथै जटिल नै समस्या भएकाहरुलाइ सुरक्षित देश  फिर्ति गर्न सकेपनि केहिमात्रामा यो समस्यालाई हल गर्न सकिन्थ्यो कि?

कोरियामा मानसिक समस्यामा हुनुहुन्छ भने म तपाईहरुलाई के भन्न चाहन्छु भने सर्वप्रथम त तपाईहरुले आफुले आफुलाई विस्वास गर्नुस।त्यसपछि नेपालबाट संगालेका सबैसबै सपनाहरुलाइ सम्झनुहोस।परिवारको भविस्यको बारेमा सोच्नुहोस,आमाबुवा तथा परिवार प्रतिको जिम्मेवारी सम्झनुहोस,तपाइ बिनाको परिवारको भबिस्यको बारेमा कल्पना गरनुहोस।साथै २ दिनको जिन्दगी जतिसक्दो भरपुर हाँस्नुहोस, खेल्नुहोस, रमाउनुहोस। सोच्नुहोस कि तपाइ तपाईको मात्र जिन्दगी जिउदै हुनुहुन्न,तपाइहरुकै भरमा नेपालमा सुन्दर जिन्दगीको कल्पना गर्ने परिवार हुनुहुन्छ भन्ने पनि सोच्नुहोस,काम गर्न सक्नुहुन्छ गर्नुहोस परिवाको आर्थिक अबस्था सबल बनाउनुहोस सक्नुहुन्न नेपाल फर्कनुहोस आफ्नो जिन्दगी यहाँ आएर नसेलाउनुहोस।

साथै हाम्रो चाहना देशमा छिट्टै राजनैतिक स्थिरता कायम होस।यो देशको माटोमा जन्म लिएका हामी यहि देशको माटोमा कोरियाकै जसरी श्रमदान गर्न पाऔं। कोरियाम सिकेको सिप,श्रम र पुंजीलाइ आफ्नैदेश मा खन्याउन पाऔं।  विदेशी माटोमा लतपतियका हामी सारा नेपाल आमाका सन्ततिहरु आफ्नै मातृभुमी मा फर्किएर देशलाइ समृद्दीको बाटोमा अग्रसर गराउन सकौँ र अन्त्यमा आत्मह’त्या समस्या समाधानको पुल होईन।समस्या संग हतासियर गलत निर्णय नगरौँ।समस्या संग जुध्न,भिडन सिकौँ साथै सबैको कोरिया बसाइ सफल र रमाईलो बनोस ।स्वस्थ रहनुस,ब्यस्त रहनुस।साथै अस्ति दुई दिनकै अन्तरालमा २ जनाले आ’त्महत्या गरेको खवर सुन्नपर्दा धेरै दुख व्यक्त गर्दै मृ’तक प्रति भावपुर्ण श्रद्दा्जली व्यक्त गर्न चाहन्छु।

तस्विर श्रोत :सन्तोष जि.सी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय