Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले २०२४ मा १ लाख ६५ हजार बिदेशी श्रमिक भित्र्याउने ।

मीन बि क सौल दक्षिण कोरिया

दक्षिण कोरियाले ईपीएस अन्तर्गत कोरिया भित्र्याउने प्रवासि श्रमिकहरुको कोटा निर्धारण गरेको छ ।  हिजो मंगलबार बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले २०२४ मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ६५ हजार निर्धारण गरेको छ । यो संख्या कोरियाले इपिएस प्रणाली अन्तर्गत भित्र्याउने १६ वटै देशको जम्मा संख्या हो भने अहिलेसम्मको तुलना गर्दा नेपालले सबैभन्दा धेरै कोटा पाउने गरेको छ ।

यो तोकिएको १ लाख ६५ हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि १४३५३० जना र बाँकि २१४६० जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। निर्धारण कोटा क्षेत्र अनुसार यश प्रकारले  तोकिएको छ ।
जस अन्तर्गत :

उत्पादनमुलक क्षेत्रमा : ९५,००० जना
कृषि क्षेत्रमा : १६,००० जना
सीप बिल्डिङ्ग : ५,००० जना
निर्माण क्षेत्रमा : ६ ,०००जना
सेवा क्षेत्रमा : १३,००० जना
अन्य आवश्यक अनुसार : २०,०००/- जना

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय