Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

परिवार पाल्न कोरिया आएका खुसीराम अस्पतालमा जीवन र मरणको दोषाधमा

दक्षिण कोरियामा रोजगारीको सिलसिलामा आएका खुसीराम चौधरी यतिबेला प्यारालाइसिसका कारण कोरियाको अस्पतालमा रहेका छन्। कैलालीको जानकी गाउँपालिका घर भएका चौधरी प्यारालाइसिस रोगबाट जीवन र मरणको बिच जुधिरहेका छन्।

केहि दिनअघि एक्कासि प्यारालाइसिसका कारण बायाँ खुट्टा र हात चल्न छोडेपछी चौधरीलाई कोरियाको छनान सहरको थान्गुकदेहाक अस्पताल लगिएको थियो। त्यहाँ थप उपचारको क्रममा उनको मस्तिष्कको नसा पुटेको पत्ता लागेको छ।

चौधरीको मस्तिष्कको सल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्। अस्पतालका चिकित्सकका अनुसार उनको सम्पुर्ण उपचार खर्च ५ करोड कोरियन रुपैया(वन) लाग्ने बताइएको छ।

तर, चौधरीको पारिवारिक आर्थिक अवस्थाले उक्त उपचार खर्चमा लाग्ने रलम धान्न नसक्ने स्थितिमा रहेको छ। जसका लागि ‘ सुदुरपश्चिम् समाज दक्षिण कोरिया’ ले ‘सेवा नै धर्म हो’ नामक आर्थिक अभियान संचालन गरेको छ।

रेवन्त रावलको संयोजकत्व र सन्तोष सुवर्णकारको अध्यक्षमा सचालित भएको उक्त आर्थिक अभियानका लागि रकम संकलन कार्य सुरु गरिएको छ। सो आर्थिक अभियान कार्यरत कर्ताहरुले कोरियामा रहेका संघसंस्था, व्यवसायी, पत्रकार तथा कोरियामा कार्यरत नेपालीहरुमा आर्थिक अभियानमा सहयोग गर्न अपिल समेत गरेको छ।

रकम सहयोगीहरुका लागी तल बैंकको खाता नम्बर जारी गरिएको छ:-

नाम -टंकेश्वर खड्का

खाता न.-3021213043841

बैड़्क- NH Bank

कोड न-011

सम्पर्क न. -01083829302

J B BANk SUWON लोन सेवा छिटो छरितो अनलाईन मार्फत नै लिन मिल्ने बैंक धाईरहनु नपर्ने आवश्यक परेकोले सम्झिन सक्नुहुनेछ। सम्पर्कको लागी: 01050178501

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय