दक्षिण कोरियाबाटै अनलाईन श्रम स्वीकृति यसरी लिन सक्नुहुनेछ ।
दक्षिण कोरियामा हुनुहुन्छ ? श्रम स्वीकृतिलिएको मिति सकिएको छ भने अनलाईनबाट नै श्रम स्वीकृति लिन सकिनेछ ।
दक्षिण कोरिया प्रवेश गरेकाहरुको हकमा श्रम स्वीकृति लिएको अवधी जम्मा ५ बर्षको हुने गर्दछ ।तर अहिले कोरोना भिसा थप भएकाहरुले श्रम स्वीकृति लिएको हुदैनन र उनिहरुले श्रम स्वीकृति लिनुपर्ने हुन्छ ।
त्यसको लागी पुग्नुपर्ने मापदण्ड हरु रहेका हुन्छन । जसमा भिसा अनिवार्य हुनुपर्नेछ । यानेकी गैरकानुनी बसोबास गर्नुभएकाहरुको छ भने श्रम गर्न मिल्दैन ।
श्रम गर्दा लाग्ने दस्तुर उमेर अनुसार र अवधी अनुसार फरक फरक हुने गर्दछ ।
प्रक्रिया
भिसा भएको पासपोर्ट र हस्तलिखित निबेदन लेखेर epsnepal2007@yahoo.com मा पठाउनुपर्ने हुन्छ । eps अफिसले भिषा भएको चेक गरि पासपोर्टलाई अनलाइनमा जारी गरिदिनेछन । त्यसपछी अरुले जस्तै गरि अनलाइन बाट श्रम स्वीकृति लिन सकिनेछ ।
अनलाईनमा दर्ता भैसकेपछी http://feo.gov.np/ मा गएर अनलाइन फर्म भरेर पैसा भुक्तानी गर्नुपर्ने हुन्छ । पैसा भुक्तानी पनि अनलाइन मार्फत गर्न सकिने छ । यति गरिसकेपछी श्रम स्वीकृतिको काम पूरा हुनेछ । श्रम भएको छ छैन भनेर हेर्नको लागि पासपोर्ट नम्बर राखेर सर्च गर्नुभयो भने तापाईको पुर्ण विवरण देखाएको खण्डमा श्रम स्वीकृति भएको हुनेछ यदि पुर्ण विवरण आएन भने स्वीकृति भएको छैन भनेर बुझ्नुपर्ने हुन्छ ।
Comments