Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

हामी ज्यान गुमाउन कोरिया आएका होइनौ ,डिसेम्बर १५ तारिक आइतवार दिनको ३ बजे सउल दोङदेमुन जाऔं

सौल दक्षिण कोरिया,
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको उपलक्ष्यमा यहि डिसेम्बर १५ तारिक सउलको राजधानी दोङ्ग्देमुनमा बृहत र्यालीको आयोजना गरेको छ । उपस्थितको लागी कोरियामा रहेका सम्पूर्ण प्रवासी मजदुरहरुलाई आग्रह गरेको छ ।

यो १५ तारिक यस्को Dongdemun GMC अगाडि भन्डाफोर गरौ ,यौन दुर्ब्यबहपिडित प्रवासि rमहिला श्रमिक नरकिय स्थल बाट छुट्कारापाउनकोलागि बिना भिषा भाग्न बध्य ,अफुलाइ साहुले यौन दुर्भ्यबहार गरे पनि प्रमाणित गर्न कठिन , धेरै जसो पिडितलाइ कानुनि कार्बारिकोलागि प्रकृया थाहा नहुने ,कतिले सहयोग नपाउने ,आफ्नो आफ्नो देशमा आफुले भोगेको यौन दुर्ब्याबहारको बारेमा थाहा पाउने डर कसैलाइ नभनि गोप्य राख्नाले पिडित महिला मजदुर रहेको छ , यस्ता अवस्थामा मजदुरि गर्न बध्य प्रवासि महिला मजदुर धेरै छन , यसको भम्डाफोर गरौ , महिला मजदुरलाइ गरिने यौन शोषण रोक्न सरकारलाइ दबाब दिउ , साहुले गर्ने यौन दुर्ब्याबहार रोक्ने एक उपाए मध्य आफु खुशि कार्य स्थल परिबर्तन गर्न पाउने कानुन डब्लुपिएस हो, पिडितले सहेर नबसौ प्रतिकार गरौ सम्बन्धित निकायलाइ दबाब दिउ , यसो गर्न यो महिना डिसेम्बर 15 तारिक सौल Dongdemun Good morning city अगाडि जाउ

सबै प्रवासि श्रमिक डिसेम्बर १५ तारिक 동대문 Good morning city अगाडि दिनको ३ बजे शुरक्षित स्व्तन्त्र रुपमा काम गर्न सथै कार्य स्थल परिबर्तन गर्न पाउनु पर्ने ,उमेरको हद हटाउनु पर्ने ,इपिएसको श्रमिकको थेजिक्गुम कोरियामै पाउउ पर्ने कृषि को श्रमिकलाइ भेदभाब गर्न मजदुर कानुनको धारा ६३ खरेज गर्नु पर्ने लगायतको माग गर्दै एमटियुले आयोजना गर्ने बृहत र्यालिमा सहभागि हौ ,

सहभागिता का लागी हार्दिक अनुरोध  ।
अर्को आइतवार १५ तारिक दिनको ३ बजे सउल दोङ्देमुन मा सबै प्रवासी श्रमिक अनिवार्य जम्मा हौ दासत्व बाट उन्मुक्ति र आफ्नो हक अधिकार प्राप्ती का लागी एकजुट भएर एकै आवाज मा दबाब शृजना गरौ ।
# कार्य स्थल परिवर्तन गर्न पाउने स्वतन्त्रता , इपिएस प्रणाली मा सुधार गरि कार्य भिषा प्रणाली (WPS )ड्ब्लुपिस लागु हुनु पर्ने ।
# प्रवासी श्रमिक को जथाभावी ज्याला कटौती बन्द हुनु पर्ने
# प्रवासी श्रमिक को ज्याला कटौति सम्बन्धी र मजदुर अधिकार कटौति सम्बन्धी कानुन बनाउन नहुने ।
# बस्ने भाडा र खाना को खर्च सम्बन्धी जवर्जस्ती असुल्ने नियम खारेज गरी बस्ने ठाउँ को आधारभूत स्तर बलियो बनाउनु पर्ने आवाज उठान गर्न ।
# प्रवासी श्रमिक माथी गरिने धरपकड र शोषण अन्त हुनु पर्ने|
# कृषि क्षेत्र का प्रवासी श्रमिक माथि भेदभाव गर्ने श्रम नियमको धारा ६३ खारेज हुनुपर्ने|
# प्रवासी महिला श्रमिक माथी गरिने भेदभाव र शोषण अन्तहुनुपर्ने|
##आफ्नो हक अधिकार प्राप्ती का लागी सबै प्रवासी श्रमिक प्रवासी श्रमिक युनियन एमटियु को सदस्य बनौ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय