इण्डियन लाहुरेको बुढीसंग कोरियामा फसेको E-7 वाला केटो
21,089
Share
मीन बि क
धेरैको रोजगारीको देश दक्षिण कोरिया , जहाँ प्रवेश गरेपछी कामको समय बाहेक अरु समयमा कुनै प्रतिबन्ध छैन । चाहिए भन्दा बढी स्वतन्त्रता छ । यहि स्वतन्त्रताले भर्भराउँदो यौवनावस्थामा बिदेश पसेकाहरुले यौवनको भारीलाई बैकल्पिक चौतारीहरुमा बिसाउन समयका बाटाहरु कटाउँदै गर्दा अनेक बैकल्पिक चौतातारीहरु भेटाईरहेका हुन्छन ।
नेपाली समाजमा हुर्किएको म नेपालीहरुको समाज खोज्दै आएको 1 बर्ष पछि आफ्नै जिल्लाको सम्पर्क समितिको एउटा वनभोज कार्यक्रममा सहभागी भएको थिए । २ दिने वनभोज कार्यक्रममा हामी आफ्नै जिल्लावासी मत्रै नभएर अन्य जिल्ला वासी पनि उपस्थित थिए । परदेशी भुमीमा नेपालीहरुको यतिको बाक्लो उपस्थितिमा रमाइलो गर्न पाउनुले मलाई नेपाल मै भएको भान गराउँथ्यो । आफ्नै जिल्लाबासी दिदिबहिनी दाजुभाईहरुको त्यो सामिप्यताका बिचमा नै उससंग भेट भएको हो ।
त्यति धेरै बोल्ने बानी नभएको म संग परिचयका हातहरु उसैले अगाडी बढाएकी हो । छोटो परिचयका बिचमा जिल्लावासीको रुपमा सामाजिक संजालमा जोडिनु र फोन नम्बरको आदानप्रदान गरेका थियौं । वनभोजको समाप्ति दोङ्ग्देमुनको ३ नम्बर गेटमा आईपुगेर सकिएको हाम्रा बाटाहरु अब आ आफ्नो कम्पनीतर्फ सोझाउनु पर्ने थियो । दोङ्ग्देमुन ३ नमबर गेटबाट सिओल रेल स्टेसन सम्म हामी संगै आयौं र त्यहाँ बाट उ आफ्नो कम्पनी तर्फ म आफ्नो कम्पनी तर्फ लाग्यौं ।
मेरो कम्पनी कोरियाको दक्षिण तर्फ राजधानी सिओल देखि लगभग 375 किलोमिटरको दुरीमा उसको सिओल देखि नजिकै ।
एक्सप्रेस रेलको टिकट काटेर म बुसान स्टेसन तर्फ लागे । बाटोमा उसका मेसेजहरु बारम्बार आईरहे कुराकानी मा म पनि मस्त भईरहे । त्यही देनदेखी हामीलाई नजिक बनायो ।
कामबाट फ्री हुनासाथ हामीहरु मोबाईलमै झुन्डिरहन्थ्यौं कहिले हामीबिच प्रेम हुन थालेछ मलाई पत्तै भएन । हामीहरु छुट्टी हुनासाथ भेट्ने कुराहरु हुन थाल्यो । कोरियाको शहर जहाँ अनेक स्वतन्त्रता हामीलाई कसैको वास्ता भएन कोरियाका रेष्टुरेन्टमा हरियो सोजुका बोतल हरुले हाम्रा गिलासहरु भरिएर रित्तिएपछी उसको ग्रीन सिंग्नलमा सिओलको मोटेलमा हामिले पहिलो रात बिताएका थियौं ।
त्यसपछिका आज ५ बर्षसम्म हाम्रो भेट लगातार भईनै रहेको छ । उ जन्मदिन मनाउनमा सौखिन छ उसको जन्मदिनमा ,गर्मी बिदा,छुसक ,सलनाल लगायत अन्य बिदाहरु हाम्रो प्रेमलाई मलजल गर्न बनेका हुन जस्तो लागेर आउँछ । यसैबिचमा कोरिया बसाईलाई लम्बाउनको लागि उसकै सल्लाहमा भिषा परिवर्तनको लागि अध्ययन र E-7 भिषा पनि परिवर्तन पनि गरियो । आज यस्तै छ अब नेपाल गएर उसैसंग बिबाह गरिन्छ यार । एउटा समस्या छ हाम्रो जात मिल्दैन घरमा मनाउन समस्या छ तर पनि जिन्दगी हाम्रो हो जसरी पनि मनाउँछु । सोजुको तालमा साथीले इति वृतान्त मेरो अगाडि सुनाएको थियो ।
म दोधारमा परेको थिएँकी उसले प्रेमीका भनेको केटि मेरो गाउँले हो । केटिको बाल्यकाल देखि नै म उससंग राम्रोसँग परिचित छु । के भनौं के नभनौं अनुत्तरित प्रश्नहरुले मेरो मनमा डेरा जमाउन थाले । सच्चाई बताउ भने यतिका बर्षसम्मको प्रेम लगानीले घरजमको बाटो तयारी गर्दै छ । सच्याई नबताउ भने एउटा कुमार केटो अर्काको बुढीसंग फसिदै छ । यस्तै अन्यौलका बिच म चुप बस्ने निधो गरेर त्यहाँबाट निस्किएको थिय यार।
परदेश पसेकाहरुले परदेशमा अनि स्वदेशमै छोडेका हरुले स्वदेशमा बैकल्पिक प्रेमको खोजी र निरन्तरता दिने एउटा संस्कार बनिसकेको यो समाजमा । परदेशमा खोजिएको बैकल्पिक प्रेम कसैको लागि यति सफलता बनिदिने रहेछ । कोरिया जहाँ करिब पचास हजार नेपाली छन जसमा महिलाको संख्या करिव एक हजार जना मात्रै छ । तिनै एक हजार जना भित्रकी उसले बिकल्पको खोजिमा सहजताको लागि छनौट गरेकी त्यो E-7 वाला केटो र आफ्नो भुतपुर्व पति जो इण्डियन लाहुरेको बिचमा तुलनात्मक भिन्नताहरुलाई पक्कै पनि केलाएको हुनुपर्छ ।
यस्तै त हो नि यार बिदेशमा अब घरतिर कस्लाई पो थाहा हुन्छ र ? त्यो केटिलाई मोज भयो नि अब त्यो लाहुरेले भन्दा E-7वाला संग भएपछी सधैं भरी यतै हुने भयो घर जानू परेन त्यो केटालाई पनिथाहा नहुने भयो मोज भयो नि केटिलाई । केटिकै छन हौ दिन यार दिमाख लगाउन जान्यो भने त कोरियामा ,हाम्रै भयो नि गधाको जुनि न यता केटि पट्याउन सकियो न घर जादा बिहे गर्न सकियो । अर्को साथीले थप्दै थियो ।
हो नि, अलिकति बुद्दी हुने हो भने कोरियामा भएका केटिहरुलाई छानीछानी बिकल्पहरु छन । आफ्नो भविस्यको लागि तर के गर्नु सबै यो केटि यस्तै बाठा हुदैनन् आफुले कमाएको पनि सक्छन बैँस जति पनि सक्छन लास्टमा नांगै हुने पनि छन कति । बैकल्पिक प्रेम गर्नेहरु । अर्कोले थप्यो ।
यस्तै यस्तै गफका बिचमा रात कटेको पत्तै भएन । सत्य घट्नामा आधारित छोटो कथा कसैको जिवनमा मेल खान गएमा संयोग हुनेछ धन्यवाद ।