Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कर्णाली प्रदेस समाज, दक्षिण कोरियाको दोस्रो महाधिवेशन फेबुब्ररी १ तारिखमा हुने

कर्णाली प्रदेस समाज, दक्षिण कोरियाको दोस्रो महाधिवेशन फेबुब्ररी १ तारिखमा हुने भएको छ ।“कर्णाली प्रदेशको शान ,प्रवासी भूमिमा एकता नै हाम्रो पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै कर्णाली प्रदेश स्थायी बसोबास भई हाल दक्षिण कोरियामा रहँदै आएका कर्णालीवासी जनहरूको हकहित को लागि सन् २०२०मा स्थापना भएको संस्थाको दोर्सो अधिवेशनको तयारी पुरा भएको सचिव तिलक हमालले जानकारी दिए ।

 

 

 

पहिलो कार्यसमितिको कार्यअवधि फेवुब्ररी मा सकिँदै गर्दा फेवुब्ररी ०१ तारिखका दिन अधिवेशन तय गरिएको उनले बताए ।

 

कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै अधिवेशन भर्चुअल प्रविधिको प्रयोग गरी गर्न लागिएको जनाइएको छ ।

 

Trip

अधिवेशनमा आर्थिक, र वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिनुका साथै संस्थाले नयाँ कार्यसमिति चयनका लागि संस्थाका अग्रज व्यक्तित्व एवं संस्थापक सल्लाहकार आशाराम ढुंगना संयोजकत्वमा निर्वाचन समिति बनाएर अधिवेशनको कार्य अगाडि बढाएको छ ।

 

कोरियामा रहेका कर्णाली प्रदेशका दाजुभाई तथा दिदिबहिनीहरुको हरेक आपतबिपत तथा सुख दुःखमा सहयात्रा गर्दै प्रदेशका जिल्लागत विभिन्न संघ संस्थाहरूसंग सामाजिक कार्य तथा आपतकालीन अवस्थामा सहयोग गर्दै आइरहेको सो संस्थाका सल्लाहाकार समिति, आजिवन सदस्य, सम्पूर्ण सदस्यहरु, बिभिन्न पेशा तथा ब्यबसाय गर्दै आउनुभएका व्यक्तिहरु, अग्रज व्यक्तित्व, पत्रकार एवम् संस्थाका शुभचिन्तकलाई कार्यक्रममा सहभागि भइदिन अध्यक्ष प्रकाश बस्नेत (पदम)ले अनुरोध गरेका छन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय