Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया सरकारले डिसेम्बर १७ देखि लागु गर्ने गरी गरेका निर्णयहरु:

– गत नोभेम्बर १ तारिखबाट सुरु गरिएको ‘लिभिङ विथ कोरोना’ योजना बाट युटर्न गर्ने।– देशभरका सबै भूभागलाई कोरोना संक्रमणको ‘उच्च जोखिम’ को तहमा राख्ने यसअघि राजधानी सउललाई मात्र यो तहमा राखिएको थियो।

-६० बर्ष वा सोभन्दा बढि उमेर भएका र कोरोनाको उच्च जोखिम भएकाहरुलाई तेश्रो डोज खोप पहिलो र दोश्रो डोज लगाएको ४ महिनापछि लगाईने, ५० बर्षमाथिकालाई ५ महिनापछि तथा १८ देखि ४९ बर्षका लाई पनि ३ महिनापछि तेश्रो बुस्टर खोप लगाउने।

-कोरोनाबाट संक्रमितहरुको सकेसम्म घरमै उपचारको व्यवस्था मिलाउने। एकदमै गाह्रो परेका र अस्पतालै आवश्यक पर्नेहरुलाई मात्रै अस्पतालमा लगि उपचार गराउने। अस्पतालहरुमा बेडहरुको संख्या थप गर्ने।

– ब्यक्तिगत भेटघाट तथा रेष्टुरेन्टहरुमा हुने जमघट देशैभरी ४ जनाको सङ्ख्यामा खुम्चाईने। १८ बर्षभन्दा कम उमेरकाहरुलाई यस्तो भेटघाटमा सामेल नहुन प्रेरित गर्ने।-सार्वजनिक सेवा,रेस्टुरेन्ट तथा क्याफे,नोरेबाङ,साउना,जिम हाउस,बार,नाईटक्लब,हर्स रेसिङ,ट्र्याक साईक्लिङ कोर्स र क्यासिनो हरु बेलुकी ९ बजेसम्म मात्र खोल्न पाईने।

-रेस्टुरेन्ट तथा क्याफेहरुमा पुरा डोज भ्याक्सिन लगाएका ४ जना सम्म संगै बसेर खान सक्ने र भ्याक्सिन नलगाएका हरुको हकमा एक्लै बसेर खान वा घर लैजाने गरी अर्डर गर्न सकिने।

-बार,नाईटक्लव तथा अन्य मनोरञ्जन का क्षेत्रहरु राती ९ बजेसम्म खोल्न पाईने साथै फिल्म हल,कन्सर्ट तथा ईन्टरनेट क्याफेहरु १० बजेराती सम्म खोल्न पाईने

-बाहिर हिँडदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय