Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

हामी नेपाली ग्लोबल दक्षिण कोरियाको दोस्रो अधिवेशन जुलाई ११ मा हुने ।

सौल दक्षिण कोरिया
विश्वभर छरिएर रहेका राष्ट्रप्रेमी नेपालीहरूलाई एकाबद्द गराई आफ्नो कर्म र पसिना बगाइरहेका विभिन्न जात,धर्म तथा राजनीतिक आस्थाबाट स्वतन्त्र कर्मजिवी नेपालीहरू एकजुट भई देश तथा विदेशमा रहेका नेपालीहरूको सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने उदेश्यका साथ २०१८ नोभेम्बर २४ तारिका दिन हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय संस्था अमेरिकाको न्यूयोर्कमा स्थापना भई विभिन्न देशहरू नेपाल, बेल्जियम,पोल्याण्ड,जर्मन, मलेसिया,स्पेन,क्यानडामा संस्था विस्तार गर्दै गर्दा २०१९ जुन १ तारिक दक्षिण कोरियाको फेन्थेक सहरमा साधारण सभा गरी २०१९ जुन २९ तारिक हामी नेपाली ग्लोबल दक्षिण कोरिया स्थापना भएको थियो ।

हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिको विधान अनुसार संस्थाका पदाधिकारीहरूको कार्य अवधि २ वर्ष रहेको हुदा हामी नेपाली ग्लोबल दक्षिण कोरियाको कार्यसमितिको मिति २०२१/०६/१३ तारिकको बैठक निर्णय अनुसार २०२१ जुलाई ११ तारिक दोस्रो अधिवेशन कोरोना महामारीका कारण जुम भर्चुल बैठकद्रारा गर्ने निर्णय भएको र उक्त अधिवेशनको प्रमुख अथितिमा हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका अध्यक्ष अमृत लामा लगाएत विभिन्न देशबाट अथिति रहने संस्थाले जानकारी दिएको छ ।

उक्त संस्थामा मिति २०२० अगस्ट २४ तारिकको बैठक निर्णय अनुसार साधारण सदस्यता प्राप्त पदाधिकारीहरू दोस्रो अधिवेशनको कार्यसमितिमा कार्यक्षमता अनुसार जुम भर्चुल बाट छलफल गरी पदाधिकारी चयन गरीने साथै हामी नेपाली ग्लोबल दक्षिण कोरियाको साधारण सदस्यमा अन्तराष्ट्रिय समितीको विधान अनुसारको शुल्क बुझाइ साधारण सदस्य बन्न सक्ने संस्थाले जानकारी दिएको छ साथै कोरियामा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई दोस्रो अधिवेशनमा सहभागी हुन Zoom id – 3925669445 र passcode – m0TrVC प्रयोग गरी २०२१ जुलाई ११ तारिक १२:०० बजे उपस्थित हुन समेत सम्पुर्णमा हार्दिक निमन्त्रणा गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय