Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा शुभराज भोम्जन

केन्द्रमा देखिएको नेकपा एमाले भित्रको बिबादको असर दक्षिण कोरिया पनि देखिएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियामा पनि समानान्तर कमिटि घोषणा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटन गर्ने गलत कार्य र सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीको एकतालाइ टुटाइदिएपछि सहज रुपमा नेकपा एमाले पुर्बवत अवस्थामा फर्किन सकिरहेको छैन । यहि क्रममा ओली पक्ष र नेपाल पक्षले आ-आफ्नै तवरमा समानान्तर कमिटि घोषणा गरिरहेका छन ।

सोही शिलशिलालाइ निरन्तरता दिदै प्रवासमा पनि प्रवास संगठनहरूको छुट्टा-छुट्टै कमिटि निर्माण गरेर आफ्नो गतिबिधिहरु गर्दै आइरहेका छन । सनिबार प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको 18 सदस्यिय केन्द्रीय कमिटि घोषणा गरेका छन ।केन्द्रीय समितिको अध्यक्षमा पार्टी एकताको अवस्थामा रहदा केन्द्रीय सदस्य हुदै सचिव पदको जिम्मेवारी समलिसकेका शुभराज भोम्जनलाइ जिम्मेवारी दिइएको छ ।

त्यसैगरी उपाध्यक्षमा अर्जुन बहादुर जागरी,रमेस थापा मगर ,महासचिवमा राजकुमार राइ (राजु), सचिवमा अनिता रुम्बा,कोषाध्यक्षमा जगत वाइबा, सुचना तथा प्रचार प्रसार बिभाग प्रमुखमा अमिर योञ्जन, युवा बिभाग प्रमुखमा दशरथ कुवर, अनुशासन बिभाग प्रमुखमा जगदिस घराडी र केन्द्रीय सदस्यहरुमा झलक धामी ,उमेस कुवर, टिकाराम भट्टराइ, धनकुमार राइ, युवराज ,उदिप थुलुङ, मदन कुमार गौतम, कृष्ण देउजा र सन्जीब खतिवडा चयन भएका छन ।

त्यसैगरी प्रमुख सल्लाहकारमा सन्तोष बराललाइ चुनिएको छ । सनिबार भोम्जनको अध्यक्षतामा एमाले भित्रको माधब नेपाल निकट कमिटि घोषणा भएसंगै दक्षिण कोरियामा पनि दुइवटा संगठन भएको छ । कमिटि घोषणा गर्ने कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवास समन्वयकर्ता श्रीप्रसाद साहको प्रमुख आतिथ्यता रहनुका सथै पार्टी केन्द्रीय सदस्य, प्रदेश नम्बर एकको प्रदेससभा सदस्य तथा पुर्बि एसीया इन्चार्ज राजन राइको विशेष आतिथ्यता रहेको थियो ।जुम भर्चुअल माध्यमबाट भएको घोषणा कार्यक्रमलाइ अतिथिद्वयले शुभकामना दिनुका साथै एमाले भित्र देखापरेको स्वैच्छाचारी प्रबित्तिलाइ हरेक तहबाट बिरोध गर्नुपर्ने र पार्टी एकताको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

घोषणा भएको कमिटिको पदाधिकरी एबम सदस्यहरुलाइ कार्यक्रमको प्रमुख अतिथि श्रीप्रसाद साहले सपथ ग्रहण गराएका थिए ।अध्यक्षको जिम्मेवारी प्राप्तगरे पश्चात शुभराज भोम्जनले नेकपा पार्टीको हित बिपरित काम नगर्ने, बिधि र पद्धतिम अडिग रहने र पार्टी एकताको निम्ति सकेको पहल गर्ने प्रतिबद्धता जनाएका थिए । भोम्जनले आफ्नो नेतृत्वमा घोषणा भएको कमिटि समानान्तर नभएर आधिकारिक भएको समेत बताएका थिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय