Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जीवन भण्डारीको शब्द/संगीतमा ‘कैलेसम्म टिक्ने होला’

 संजीव पराजुली र टिका प्रसाईको स्वरमा जीवन भण्डारीको शब्द/संगीतमा गीत रिलिज भएको छ। फाल्गुन १९ गते बुधबार २ बजे संजीव पराजुली यूट्यूब च्यानल मार्फत उक्त गीत बाहिरिएको हो ।

उक्त गीतको भिडियो पक्ष पनि बलियो बनेको छ। भिडियो विवेक बराइली निर्देशनमा छन् भने ऑचल शर्मा र कुशल बिष्ट अभिनयमा देखिएका छन्। जीवन भण्डारीको यस गीत लगत्तै झण्डै आधा दर्जन गीत रिलिज भएकाछन्।

गीत लेखन र सांगितीक क्षेत्रमा उदायमान भण्डारीको यस गीत चर्चित कपलको रूपमा परिचित टिका प्रसाई र संजीव पराजुलीले गाएका छन्। संजीव पराजुली र टिका प्रसाईका थुप्रै युगल गीतहरू बजारमा चर्चामा रहेका छन्। यो गीत संजीव पराजुली र टिका प्रसाईको ‘संगसंगै’ एल्बमबाट रिलिज भएको हो। त्यस एल्बममा ‘नाई मलाई थाहा छैन’, ‘कर्के नजर’ ‘एउटा कुरा भनौं’ लगायतका एक दर्जन गीतहरू समावेस छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय