Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

संघीय सांसद विघटन घटना प्रति गम्भीर ध्यानाकर्षण गर्दै प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा बिज्ञप्ति जारी

 

 

नेकपा को प्रबास संगठन प्रबासी नेपाली एकता मंच कोरियाले देशमा भएको पछिल्लो राजनीति घटना प्रति भर्चुअल बैठक मार्फत गम्भीर समिक्षा गर्दै संगठन को तर्फबाट व्यापक बिरोध गरेको छ ।

यहि जनवरी ३ तारिक आइतबारका दिन प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको पुर्ण केन्द्रीय समितिको बहुमत सदस्यहरुको उपस्थितिमा भर्चुअल बैठक सम्पन्न भएको थियो । मन्चका अध्यक्ष दिलिप धितालको अध्यक्षता सम्पन्न भएको उक्त बैठक ले प्रधानमन्त्री केपी शर्मा ओलीको गैर-राजनीतिक कदम को घोर भर्त्सना गर्दै सांसद पुनर्स्थापना गराउन माग गरेको छ ।

बैठकमा उपस्थित सम्पुर्ण केन्द्रिय सदस्य हरुले जनताको बलिदानीपूर्ण संघर्षको इतिहासबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्म र भावनाविपरीत प्रधानमन्त्रीले गरेको संघीय सांसद विघटन जस्तो प्रतिगामी कार्य ले समग्र नेपाल र नेपालीको हरुको भबिष्यमाथी नै कुठाराघात गरेकोले यस कदमका बिरुद्द शसक्त भएर बिरोध गर्ने निष्कर्ष समेत निकालेको थियो ।

साथै बैठकले देशलाई गम्भीर दुर्घटनाको खतराबाट बचाउनको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीय सांसद पुनर्स्थापना गराई प्रतिगामी कदम फिर्ता लिँदै देश, जनता र पार्टीप्रति जिम्मेवार हुन समेत बिशेष ध्यानाकर्षण गर्दै बिग्यप्ती जारी गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय