Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा स्नातक गरेका बिदेशी बिद्यार्थीलाइ पूर्ण काम गर्ने अनुमति सहितको भिसा दिने कोरियाको तयारी

सौल दक्षिण कोरिया ,
दक्षिण कोरियामा अध्ययन गर्न आएर स्नातक  पुरा गरेका बिदेशी बिद्यार्थीहरुलाई सन् २०२२ को शुरुदेखि पूर्ण काम गर्ने अनुमति दिने गरि भिसा प्रदान गर्ने तयारीमा कोरिया लागेको कोरियास्थित संचार माध्यम हरुले जनाएका छन् ।

कोरियाली संचार माध्यमका अनुसार कोरियामा स्नातक गरेका बिदेशी बिद्यार्थी हरुलाई कुनै पनि काम सम्बन्धि दक्षताको आधारमा पूर्ण काम गर्न दिने गरि तयारी गरिरहेको रोजगार तथा श्रम मन्त्रालयले जनाएको छ।

कोरोनाको कारण बिदेशी कामदारहरु भित्र्याउन निकै समस्या भए संगै बिदेशी बिद्यार्थीहरु भिसा अभावका कारण स्वदेश फर्किनेको संख्या बढेपछि विकल्पको रुपमा यहाको रोजगार तथा श्रम मन्त्रालयले कानुन मंत्रालाय समक्ष बिध्यार्थीहरुलाई कोरियामै राख्न यस किसिमको प्रस्ताव अगाडी बढाएको छ।

केहि कानुनि जटीलताहरु पुरा गरेर यस बिषयलाई आउदो वर्षसम्म टुंग्याउने गरेर रोजगार तथा श्रम मन्त्रालय तथा कानुन मन्त्रालय तयारीमा लागेको कोरियाली संचार माध्यमहरुले जनाएका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय