Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कम्पनि परिवर्तन गर्नुभएको छ अपडेट गर्नुभएन भने इलिगल हुन पनि सक्नुहुन्छ -दुतावास

सौल दक्षिण कोरिया ,

नेपाली नागरीकहरु एअरपोर्टमा पुगेर मात्रै आफु इलिगल भएको थाहा पाउने संख्या बढेपछि दुताबासले सुचना निकाल्दै भनेको छ -“कम्पनि परिवर्तन गर्नुभएको छ भने कम्पनि छोडेको १५ दिन भित्र नया कम्पनीको ठेगाना र आफ्नो फोन नम्बर सहित नजिकको इमिग्रेशन कार्यालयमा गैर अपडेट गर्नुपर्नेछ”।

नियम अनुसार आफु बसेको ठेगाना परिवर्तन भएमा अध्यागमन मा सूचना गर्नु पर्ने हुन्छ। तर कम्पनी छोडेर अर्को काम नपाऊन्जेल कामपनि खोज्नको लागी कोरियाको विभिन्न ठाउँ मा जानू पर्ने हुनाले यस्को जानकारी इम्मीग्रेसन दिनु आबस्यकता हुदैन। यद्यपि कोरियामा काम छोडेको ९०दिन भित्र अर्को कम्पनिमा काम गरेकोहुनुपर्ने प्रावधान छ। तर यदि काम छोडेर नेपाल जाने वा काम छोडेको बेला तपाई ले छोडेको कम्पनी मा तापाइको बारे इम्मीग्रेसन ले सोधपुछ गरेको खण्डमा तपाईको भिसा रद्द हुन पनि सक्नेछ ।

नेपाली राजदुतावासको सुचना यस प्रकार रहेको छ।
अत्यन्त जरूरी सूचना !
नेपाली नागरिक एयरपोर्ट पुगेर मात्र आफु इलिगल भएको थाहा पाउने र अध्यागमनबाट पास हुन नसकि फर्कनु परि मानसिक तनाब र टिकटको पैसा अनाहकमा खेर जाने गरेको विषयमा यस दुतावासको ध्यानाकर्षण भएको छ।

यस सन्दर्भमा हरेक व्यक्तिले आफु कार्यरत कम्पनी छाडेको १५ दिन भित्र नयॅा कम्पनीको ठेगाना र सम्पर्क नं. लगायत सूचनाहरू नजिकैको ईमिग्रेसन अफिसमा गई अपडेट गराउनु होला। तपाईले कम्पनी छोडे पछि कम्पनीले सो को सूचना ईमिग्रेसनमा गराएमा र ईमिग्रेसनले सम्पर्क गर्दा कारणवस सम्पर्क हुन नसकेमा एलियन रजिष्ट्रेशन कार्डमा भिषा भएपनि तपाईको भिषा क्यान्सिल भएको हुनसक्छ।

तसर्थ आफ्नो भीषा सुरक्षित राख्न आफु कार्यरत कम्पनीको ठेगाना, फोन नं. अपडेट गराइरहनु हुन साथै उडान मितिको कम्तिमा ३ दिन (कार्य दिन) अगाडी ईमिग्रेसनमा सम्पर्क गरि आफ्नो उडान सुनिश्चित गर्नुहोस। मानसिक तनाब र आर्थिक क्षति हुन बाट बच्नुहोस।
यो पोष्टलाई सक्दो शेयर गरि बढी भन्दा बढी नेपाली माझमा सूचना पुऱ्याउन सहयोग गर्नुहोला।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय