Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

राजदुतावास सौलले योग सम्बन्धी वेब कार्याशाला गर्दै , कोरियाबासीलाई सहभागीताको आग्रह

सौल दक्षिण कोरिया,
दक्षिण कोरिया स्थित नेपाली राजदुतावासको आयोजनामा कोरियामा रहने नेपालीहरुलाई लक्षित गर्दै अनलाईनबाट योग सम्बन्धी जानकारीमुलक कार्यक्रम आयोजना गर्ने भएको छ। यस कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण संघ संस्था हरुले ब्यबस्थापन गर्ने जनाईएको छ।

दक्षिण कोरियामा नेपालीहरुमा पर्ने मानसिक तनाब कम गर्ने तथा स्वास्थ्यमा पर्ने समस्यालाई मध्यनजर गर्दै योग सम्बन्धी प्रशिक्षण गर्न लागेको दक्षिण कोरियाका लागी श्रम सहचारी रमा भट्टराई ले हेल्लो कोरिया नेपाल लाइ बताइन । उनका अनुसार =”कार्यक्रमलाई प्रत्यक्ष रुपमा विभिन्न ठाउमा उपस्थित भएर नै गर्ने चाहना हुँदाहुँदै पनि वर्तमान परिस्थितिले गर्दा अनलाईन मार्फत गर्नुपरेको हो।

Trip

अनलाईन कार्यक्रम निरन्तर रुपमा अगाडी बढ्दै जाने र कोरियामा रहेका नेपालीहरुमा रहेको समस्यालाई प्रमुख प्राथमिकता राखिनुका साथै नेपालीहरुमा देखिन समस्या हाल गर्न यसले एक आयामको रुपमा काम गर्ने रमा भट्टराइले बिश्वास ब्यक्त गरिन। दुताबासले गर्ने यस कार्यक्रमको ब्यबस्थापन एन आर एन ए दक्षिण कोरियाले गर्ने र नेपाल पत्रकार महासंघ दक्षीण कोरिया, नेपाल सम्पर्क समिति दक्षिण कोरिया ,वोमन फर वोमन दक्षिण कोरिया, नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र नेपाली बिद्यार्थीहरुको संगठन सोनसिकले सहयोग गर्नेछन।
पहिलो कार्यक्रम यस प्रकार रहनेछ ,
मानव जीवनमा योग तथा दैनिक प्रयोग बिधि प्रशिक्षण तथा वेब कार्यशाला”
योग तथा ध्यान प्रशिक्षक: बिन्दा आचार्य
मिति: २०२० अक्टोबर ११ तारिख आइतवार
समय: साझ ७ ०० देखि ८ ३० बजे सम्म
आयोजक: नेपाली राजदुतवास, सौल

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय