Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

KME ट्राभल्स र दुर्गा ग्रुपले NRNA कोरियालाई एक करोड साठ्ठी लाख वन सहयोग गर्ने

विश्व ब्यापी रुपमा देखिएको कोरोना (COVID १९) महामारीका कारण हवाई उडान स्थगित भै मातृभूमि नेपाल फर्कन नपाउनु भएका दक्षिण कोरियामा रहेका हाम्रा नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुलाई नेपाल तर्फबाट चार्टर्ड गरिएको कोरियन एअरको बिमानलाई सदुपयोग गरि मातृभूमि नेपाल फर्काउने कार्यमा आवश्यक सहजिकरण गर्दै कोरियादेखी नेपाल र नेपाल देखि कोरिया ल्याउने लैजाने गरेको (KME)के एम इ ट्राभल्सले   गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA)  लाई १ करोड ६० लाख वन सहयोग गर्नेगरी शनिबार सम्झौता गरिएको छ।

 

केएमई तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले शनिवार उक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दक्षिण कोरियाको झन्डै तिन दशक लामो  सामाजिक र ब्यवासायिक यात्रामा सद्द्वै  साथ र सहयोग दिनु हुने नेपाली समुदाय प्रतिको आफ्नो दायित्व पुरा गरेको KME ट्राभल्स तथा दुर्गा ग्रुपका निर्देशक  बिनोद कुँवरले हामीलाई बताएका छन । कोरियामा रहेका नेपाली समुदायका विभिन्न अभियानहरुमा  साथ र सहयोग रहदै आएको के एम इ ट्राभल्सका सन्चालकले यो पटक कम्पनिले आर्जन गरेको निश्चित  मुनफालाई  नेपाल तथा दक्षिण कोरियाका विभिन्न समाजिक संस्थामा सहयोग गर्ने परम्परा अनुसार कोरियन एअरसंगको सहकार्यमा दक्षिण कोरियाको प्रचलित सामाजिक कानुनको दायर भित्र हुने गरि आर्थिक सहयोग गर्ने मिल्ने उच्चतम बिन्दु १,००,००,००० (एक करोड) कोरियन वोन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) लाई विभिन्न सामाजिक कार्यक्रम संचालन गर्नका निमित्त हस्तान्तरण गर्ने भएको हो ।

 

तथा KME ट्राभल्सकै अर्को  कम्पनि दुर्ग्रा ग्रुपले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) को  सभाहलको मासिक भाडा ५००००० (पाँच लाख) वोनका दरले १ बर्ष अवधिको हाम्रो कम्पनि KME Co. Ltd.ले भुक्तानी गरिदिने निर्णय गरेको हो । संयुक्त रुपमा भन्नुपर्दा १ करोड साठ्ठि लाख  वोन सहयोग गर्ने भएको हो ।

KME ट्राभल्स तथा दुर्गा ग्रुपक निर्देशक बिनोद कुँवरका अनुसार -“यो सहयोगले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया (NRNA KOREA) लाई आफ्ना निर्धारित उदेश्य प्राप्ति तथा दक्षिण कोरियावासी सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको सेवामा थप टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन ।
केएमईले प्रदान गर्ने १ करोड वन सामाजिक क्षेत्रमा गरिने विभिन्न कार्यक्रमहरुमा खर्च गरिने एनआरएनए कोरियाले जनाएको छ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय