Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सौल महानगरपालीकाको मेयरमा पहिलो पटक महिला आउन सक्ने

मिन बि क ,सौल दक्षिण कोरिया

दक्षिण कोरियाको  सौल महानगरपालीकाको उपनिर्वाचन ६ महिना पश्चात अर्थात २०२१ मा चौथो महिनाको ७ गते हुदैछ। पुर्व मेयर पाक वनसुन लाइ लैंगिक हिंसाको आरोप लागेपछि उनले त्यसलाई सहन नसकेपछि आत्महत्या गरेका थिए । उनको आत्महत्या पश्चात मेयर बिना रहेको नगरपालीकाले मेयरका पदका लागी उपनिर्वाचन गर्नुपरेको हो।

लैंगिक हिंसाको आरोप लागेका पाक वान्सुन पछाडी सौल मेयरको नेतृत्वमा पहिलो पटक महिलाले स्थान पाउनेमा सबैको ध्यान केन्द्रित भएको छ। सौल मेयरको उप-निर्वाचन अर्को वर्ष अप्रिलको ७ तारिकमा हुनेछ। सार्वजनिक आधिकारिक निर्वाचन ऐनको धारा ३५ अनुसार स्थानीय सरकार प्रमुखहरू जस्ता उप-निर्वाचनहरू प्रत्येक वर्ष अप्रिलको पहिलो बुधवारमा हुन्छन् । यस वर्षको अन्त्यमा प्रारम्भिक उम्मेद्वार दर्ता गर्नुपर्ने र आउँदो वर्षको मध्य मार्चमा आधिकारिक उम्मेद्वार दर्ता गर्नुपर्ने हुन्छ।

पूर्वमेयर पार्कको कार्यकाल जून ३० , २०२२ सम्म थियो भने उप-निर्वाचनबाट बिजयी हुने मेयरले सौल महानगरापालीको नेतृत्व करीव एक बर्षको लागि गर्नेछन् । हाल भने सौल प्रशासनको पहिलो उपाध्यक्ष स जंग हुपले जुलाई १० देखि मेयरको जिम्मेवारी सम्हालिरहेका छन्।

विपक्षी पार्टीले पाक वान्सुनको लैंगिक हिंसाको पाटोलाई नै प्रमुख मुदाको रुपमा अगाडी सार्ने र पुर्व मेयर पाक वन सुनले अगाडी सारेको घरजग्गा सम्बन्धि प्रावधान प्रति जनताको गुनासो कायम रहेको अवस्थामा जनभावना पनि बदलिन सक्ने हुँदा यस पटक विपक्षी पार्टी सौलको मेयरमा निर्वाचित हुने सम्भावना अधिक रहेको जनताहरुको प्रतिक्रिया छ।

बिपक्षी पार्टी लिबरल कोरिया पार्टी (अहिले पीपुल्स पावर) का पूर्व अध्यक्ष, पहिलो विपक्षी पार्टीको पीपुल्स पावरको लागि प्रख्यात महिला उम्मेदवार चो यून-हे रुपमा सम्भावीत मेयरको उम्मेदवारको रुपमा खडा हुने आशंका गरिएको छ । चो यून-हे सियोलको मेयरको लागि जित हासिल गर्न सक्ने उम्मेद्वारको रूपमा चर्चा भइरहेको छ । उनको सियोल क्षेत्रको आधार बलियो रहेको छ। सियोलमा २५ वटा निर्वाचन क्षेत्रहरु मध्ये, मेयर चो, जो विपक्षी दलको एकमात्र मेयरको सम्भावित उम्मेदवार हुनेछिन उनले सियोल महिला परिवार नीति अधिकारी र सरकारको उप-मेयरको रूपमा काम गरिसकेकी छन् , नेतृत्व र प्रशासनिक दुबैको अनुभव राम्रो भएकोले उनले मेयरको नेतृत्व सफल रुपमा गर्ने सक्नेआकलन गरिएको छ।

सत्तापक्षबाट पनि महिला उम्मेदवारलाई नै प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। सत्तापक्षबाट महिला नेतृ पाक योंङ्ग सन र जु मि ए को नाम चर्चाको शिखरमा रहेको छ यद्यपि सत्ता पक्षले अहिले सौल महानगरमा भएको लैंगिक विभेदलाई सम्बोधन गर्न सक्ने महिला नेतृत्वलाई अगाडी बढाउने कुरामा हाल सरकारमा रहेका महिला मन्त्रीहरुले बताईरहेका कोरियाली संचारहरुले जनाएका छन ।

 

स्रोत : कोरियाली पत्रीका न्युज १

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय