Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

स्टार रेमिटको छुसक अफर : सबै ग्राहकले १० हजार वन ‘छुसक बोनस’ पाउने

सौल,कोरिया। स्टार रेमिटले छुसक योजना अन्तर्गत १० हजार वनको ‘छुसक बोनस’ योजना ल्याएको छ। नेपालीहरूको रेमिट स्टार रेमिटले कोरियाको महान पर्व छुसकको अवसर पारेर सबैले लाभ लिन सक्ने गरेर यो योजना सार्वजनिक गरेको हो। यहि सेप्टेम्बर २९ तारिखबाट शुरु हुने ‘छुसक बोनस ‘ योजना अन्तर्गत स्टार रेमिट दर्ता गरिसकेका ग्राहक तथा नंया दर्ता गर्ने सबैले यो ‘बोनस कुपन’पाउने छन्। १० हजार वनको ‘ छुसक बोनस’ प्रयोग गरेर २ पटक सम्म नेपाल पैसा पठाउदा शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । स्टार रेमिटबाट १ पटकमा ५ हजार डलर पठाउन सकिन्छ। यो योजना अन्तर्गत स्टार रेमिट प्रयोग कर्ताले छुसक बोनस प्रयोग गरेर स्टार रेमिटबाट १० हजार अमेरिकी डलर सम्म निशुल्क पैसा पठाउन सक्नेछन्।
नेपालीहरुको लगानीमा संचालित स्टार रेमिटले पछिल्लो समय नयाँ एप मार्फत बहु-सुबिधा सहितको उत्कृष्ठ सेवा प्रदान गर्दै आएको कम्पनीले बताएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय