Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको इन्छन बिमानस्थलमा अलपत्र नेपालीलाई अर्को उडानमा  नेपाल फर्काइने सहमती -दूतावास

मीन बि क
दक्षिण कोरियाको अन्तर्राष्ट्रिय बिमानस्थल इन्छन बाट नेपाल फर्किन लागेका २३८ जना मध्य ३९ जना नेपालीलाई एअरपोर्टमा अलपत्र पारेर बाँकी
१९९ जनालाई लिएर कोरियन एअर नेपालको लागि प्रस्थान गर्यो ।
३९जना नेपालीहरुले ब्यबस्थापन पक्षले भनेअनुसार नै सम्पुर्ण तयारी गरेकोमा कोरियाको अस्पतालको लापरबाहीको कारण उनिहरुले उड्न पाएनन ब्यबस्थापन पक्ष र कोरिया स्थित नेपाली राजदुतावास बिच कसरी पठाउन सकिन्छ भन्ने बिषयको  छलफल निष्कर्षमा पुगेको दुतावासले जनाएको छ ।
नेपाली दूतावासका अनुसार -“
कोरियन एयरको पत्र अनुसार उक्त विषयमा छलफल हुदाँ अब हुने तत्कालको अर्को उडान मार्फत पुन उडान शूल्क तिर्नु नपर्ने गरी पिसिआर रिपोर्ट र उच्च तापक्रमको कारणले रोकिएका यात्रूको व्यवस्थापन गर्ने सहमति भईसकेको छ । पिसिआर रिपोर्टको लागि एन आर एन ए कोरियासँग समन्वय गर्न अनुरोध गरेको छ ।
दूतावासको सुचना यश प्रकार छ । 
 हिजो मिति २०७७ भदाै १९ तदनुसार सेप्टेम्बर ४, २०२० तारिखकाे काेरियन एअरकाे KE-695 काे उडानबाट नेपाल फर्किन लागेका २३८,जना नेपाली नागरिकमध्ये ३४  जना काेराेना परिक्षणकाे रिपाेर्टमा भएको त्रुटि, ४ जना अध्यागमन र १ जना उच्च तापक्रमको कारणले गरी ३९ जना नेपाली नागरिक नेपाल फर्कनबाट वञ्चित हुनुभएकोले सो विषयमा प्राप्त कोरियन एयरको पत्र अनुसार उक्त विषयमा छलफल हुदाँ अब हुने तत्कालको अर्को उडान मार्फत पुन उडान शूल्क तिर्नु नपर्ने गरी पिसिआर रिपोर्ट र उच्च तापक्रमको कारणले रोकिएका यात्रूको व्यवस्थापन गर्ने सहमति भईसकेको छ । साथै उपयुक्त ढंगले पिसिआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एन आर एनका स्थानीय प्रतिनिधिले निशुल्क पुन पिसिआर गराउन समन्वय तथा अनुरोध गर्न नेपाली राजदुतावास हार्दिक अनुरोध गर्दछ। नेपाल जान नपाएका यात्रुमहानुभावहरुकाे अर्को उडान नभईन्जेल सम्मको खाने तथा बस्ने व्यवस्थापन भैरहेको समेत जानकारी गराउदछौं। – नेपाली राजदुतावास सिओल ।
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय