Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

अफ्रिकन मुलुकमा ५ जना कोरियन नागरिकको अपहरण , अबस्था अज्ञात

पश्चिम अफ्रिकी क्षेत्र बेनिनामा  अज्ञात हतियारधारिहरुको समुहले  एक जना घानाको नागरिक सहित ५ जना दक्षिण कोरियाली नाविहरुको  अपहरण गरेका छन् l दक्षिण कोरियाली समाचार एजेन्सी  योंगहापका अनुसार माछामार्ने जहाजबाट बुधबार स्थानीय समय अनुसार अपरान्ह ३ बजेर ४० मिनेट जादा उनीहरुको अपहरण भएको हो l

अपहरणकारीले ३० जनाको संख्यामा रहेका उनीहरु मध्ये  अपहरणकारीले मात्र  ६ जनालाई आफ्नोसाथ लागेका थिए भने बाकि २४ जना घानाका नागरिकहरुलाई मुक्त गरेको बताएइको  छ l

पछिल्लो समय उनीहरु कोंन्टानो बन्दरगाह देखि १ सय ११ किलोमिटर पानीमा यात्रा गरिहेका थिए l बाकि रहेका २४ जना घानानियन नागरिक भने शकुशल घर फर्किएका छन् l

उनीहरुको अबस्था बिहिबार पनि पत्ता लाग्न नसकेको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै समाचार एजेन्सीले लेखेको छ l उनीहरुलाई सामुद्रिक डाँकुहरुले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ l

यसभन्दा  पहिला पनि सन् २०१८ को मार्चमा   ३ जना कोरियाली नाविहरुको घानाको समुद्रमा अपहरणमा परेका थिए l उनीहरुलाई ३२ दीन पछी रिहा गरिएको थियो l हेल्लोनेपाल कोरियाबाट

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय