Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाली जेलमा रहेका १४ सहित २३६ जना शनिबार नेपाल फर्किदै

कोरियामा विभिन्न कारण बस जेलमा रहेका १५ जनामध्ये १४ जना सहित  २ सय ३६ नेपाली भोलि शनिबार कोरियन एअरमा नेपाल  फर्किँदै छन ।  १५ जनालाई नै ब्यबस्था गरिएको भएपनी सम्पर्कमा  ढिलाइ भएको र कोरोना परिक्षणको नतिजा आउन ढिलाई भएको कारण  एक जना जेलमा रहेका भने यो पटक जान सकेनन ।

कोरियामा अलपत्र २ सय ३६ जना नेपाली शनिबार बिहान ५ बजे (कोरियन समय)कोरियाबाट नेपाल प्रस्थान गर्दैछन्। लामो समयदेखि नेपाल फर्किन पाउँ भनी नेपाली दूतावासमा अनुरोध गर्दै आएका उनीहरूलाई युनिभर्स टुर्स को टिमले नेपाली कामदारलाइ लिनको लागि नेपाल जाने निश्चित भएको कोरियन जहाजमा नेपाल सरकारले अनुमती दिएपछी कोरियाको एक कम्पनिको नेपाल लैजाने  व्यवस्था मिलाएको हो।

 

Trip

सरकारले तोकेको प्राथमिकता र दूतावासलाई परेको निवेदन अनुसार बिरामी, सुत्केरी, जेलमा रहेका र अन्य जटिल समस्यामा रहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर फर्किने व्यवस्था मिलाइएको  दूतावासले जनाएको छ ।

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय