Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

चौरजहारी घटना: वडाध्यक्षसहित ३२ जनालाई आजन्म कैद माग्दै मुद्दा

रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारीको वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ।

 

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाले ६ जनाको क्रुरतापूर्वक हत्या गरेको, बाँकीलाई घाइते बनाएको र जातीय छुवाछुत गरेको भन्दै तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ।

 

प्रहरीले  जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीहरूलाई हत्या गरेर भेरीमा फालिएको निष्कर्ष निकालेको छ।

 

कार्यालयले अभियुक्तहरूलाई आजन्म कैदको माग गरेको प्रवक्ता रेग्मीले बताए।

 

३४ अभियुक्तमध्ये २९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने ५ जना फरार छन्।

 

नवराजकी प्रेमिका र उनकी आमालाई मतियारको भूमिका खेलेको कसुर लगाइएको छ। मतियारको कसुरमा दोषी प्रमाणित भए आजन्म कैदको आधा सजाय हुन्छ।

 

 

प्रहरीले मुद्दा दायर गरेकामध्ये नवराजकी प्रेमिका र अर्का एक जना नाबालक छन्। नाबालकको हकमा आधा सजाय हुन्छ।   सेतोपाटीबाट

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय