Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाले कोरोना सङ्क्रमण यता ६० जना विदेशी नागरिकलाई देश निकाला गरेको छ।

दक्षिण कोरियाको न्याय मन्त्रालयले जारी गरेको एक विज्ञप्तीका अनुसार देश निकालामा पर्ने अधिकाँश नागरिकहरु कोरिया सरकारले लागु गरेको क्वारेन्टाईन नियम उल्लङ्घन गर्नेहरु छन।कोरोना महामारी नियन्त्रण गर्नको लागी दक्षिण कोरिया सरकारको मातहतमा रहेको कोरिया रोग नियन्त्रण तथा रोकथाम शाखा (केसिडिसी) ले लागु गरेको क्वारेनटाईन तथा आईसोलेशन नियम उल्लङ्घन गर्नेहरु देश निकालामा परेका हुन।

दक्षिण कोरियाले गत अप्रिल १ तारिखदेखी अन्तरास्ट्रिय उडान भरेर आउने हरेक नगरिकले १४ दिनको सेल्फ आईसोलेसन बस्नैपर्ने बाध्यात्मक नियम लागु गरेको थियो।उक्त नियम उल्लङ्घन गर्नेलाई एकबर्ष जेल अथवा १० लाख ( करिब ८३४३ अमेरिकी डलर ) जरिवाना गर्ने साथै देश निकाला सहित भिषा रद्द गर्न सक्ने सम्मको नियम लागु गरेको थियो।

देश निकालामा पर्ने ६० जनाहरु अधिकाँश कोरोना नियन्त्रणका लागी सरकारले लागु गरेका नियम उल्लङ्घन गर्नेहरु छन,क्वारेन्टाईन स्थल भन्दा अन्यत्र बसोबास गर्ने,जथाभावी बजार डुल्ने,आफुले भनेको क्वारेन्टाईन स्थल नगई ढाँटेर अन्य ठाउँमा बस्नजाने,दैनिक बुझाउनुपर्ने सेल्फ डाईगनोस्टिक रिपोर्ट नबुझाउने जस्ता कारणहरुले उनीहरु देश निकालामा परेको जारी रिपोर्टमा उल्लेख छ।

स्मरण रहोस हिजो मात्रै २० बर्षिय ईन्डोनेशियाली नागरिक गिम्पो क्वारेन्टाईन स्थल बताई ट्याक्सीमा थेगु जाँदैगर्दा ट्याक्सीबाटै उनलाई ट्रयाकिङ गरेर पक्राउ गरी स्वदेश फिर्ता गरिएको थियो। गुरुदत्त न्यौपाने  कान्तिपुर प्रेस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय