कोरियाको इपिएस प्रणाली धरापमा पर्दै छ ।
राजु श्री , कोरिया
सबै नेपाली हरुको ध्यान दशै तिहार जस्ता ठुला चाडबाडमा केन्द्रित हुदा बर्तमान सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० को पहिलो संशोधन गरेर ई–७ भिसामा म्यानपावर मार्फत श्रमिक कोरिया पठाउन दिने व्यवस्था ल्याएका छन् ।
यो ब्यबस्था ल्याए सगै निष्पक्ष रुपमा हुँदै आएको इपिएस प्रणाली लगभग धरापमा पर्ने निश्चित भएको छ । मेहनत गरेर भाषा पास गरेर कोरिया जाने धेरै नेपाली युबा बर्गको सपनामा तुषारापात आउने देखिदै छ । अब केही समय भित्रै भाषा पास गर्ने भन्दा दलाल लाई २०/२५ लाख रुपैया बुझाउन सक्ने हरु छिटो कोरिया भित्रिने सम्भबना बढेर गएको छ ।
अब कोरियाका ठुला तथा मझौला कम्पनी हरु ले सिधै म्यानपावर मार्फत आफुलाइ आबश्यक परेका नेपाली कामदार लैजान पाउनेछन् । त्यसो हुदा नेपाली युबाहरुले दलाल र बिचौलियालाइ असाध्यै मोटो रकम बुझाउनु पर्ने हुन्छ । त्यसको शुरुवात भैसकेको छ । आजकल बजार भरि बिज्ञापन हरु देखिन थालिसकेका छन् । इ -७ भिसाको बारेमा लोभ्याउदै विभिन्न म्यानपावर र ईन्स्टिच्युट हरुले लुटको धन्दा शुरु गरिसकेका छन् ।
बिगतका दिनहरुमा कोरिया सग सम्बन्धित रहेर आउने कुनै पनि बिषयमा कोरियाली राजदुताबास ले विशेष चासो राख्ने गर्दथ्यो । तर बालकुमारी घटना पश्चात् खासै चासो राखेको देखिदैन । यो कार्यबिधिका बिषयमा पनि दुताबास मौन छ । कोरियामा नेपाली कामदारहरुले राम्रै छवि बनाएका थिए । अधिकाम्श रोजगारदाता हरुको छनोटमा नेपाली कामदार पर्ने गर्दथे । बिचमा केही मौसमी कामदारहरु कोरिया आउन सफल आए । झन्डै हजारको आसपासमा आएका मौसमी कामदार हरु मध्य जम्मा ९ जना मात्र नेपाल फर्किएको बुझिएको छ ।
अरु सबै कोरियामै अबैधानिक रुपमा रहेका छन् । यसपछि केही जिकज्याक भएकै हो । अहिले कोरियामा काम पाउनु भनेको फलामको च्युरा चपाउनु सरह बन्दै गएको छ । कोरियाको निर्यातमा ठूलो गिरावट आएको छ । सदाबहार चल्ने पानीहजाज कम्पनी हरु टाट पल्टिने अबस्थामा पुगेका छन् । चौबिसै घन्टा चल्ने कम्पनीहरु ले भकाभक कामदार कटौती गरिरहेका छन् । यसको मुख्य कारण मध्यपुर्बको युद्द र कोरियाली प्रायद्दिप बिचको तनाबलाइ पनि लिएर हेर्ने गरिएको छ । यद्यपि आफ्नो ब्यबसायमा आएको गिरावट सगै केही समय अगाडी मझौला कम्पनी हरुको संगठन ले सरकार सग कर छुट लगायतका माग हरु राखेर ज्ञापन पत्र बुझाएका छन् ।
यो कार्यबिधी ल्याउनको लागि करोड हैन अर्बको चलखेल भएको छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । हिजो कोरिया जान गोली खान तयार हुने हरु र गोली खुवाउन उक्साउने हरु आज तै चुप मै चुप छन् । र अन्त्यमा , नेपालमा भाषा परिक्षा पास गरेर बसेका अझै पनि दशौ हजार युबाहरु छन् । लाखौको संख्यामा अध्यनरत छन् । उनीहरुको सपना पनि हाम्रो जस्तै साझा सपना हो । कोरियामा मान्छे नै पिच्छेका च्याउ सरी संघ सस्था हरु छन् । विभिन्न कार्यक्रम हरुमा ठुलै मानिसहरुको आसन र भाषण देखिन्छ । अधिकाम्श सबै पार्टीका संगठन छन् ।
गरिब र सर्बहारा बर्गको नेतृत्व गर्ने पार्टीका संगठन हरु पनि छन् । संगठनमा ठुल-ठुला नेता हरु पनि छन् । तर यस्तो डरलाग्दो बिषयमा कसैले पनि मुख खोल्न सकेका छैनन् । हामी जस्तै लाखौ निम्न मध्यम बर्गिय युबाहरुको सपना लाइ लात हान्ने यो ब्यस्थाको बिरुद्द कोरिया बाट तपाईं हामी बोल्नु पर्छ कि पर्दैन ?
Comments