Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

आत्महत्या गर्न अनलाईनमार्फ़त भेट, एकै ठाउँमा २ युवा र २ युवतीको मृत्यु

सौल दक्षिण कोरिया
दक्षिण कोरिया आत्महत्याको दर विश्वमै पहिलो नम्बरमा पर्छ। यस्तै एउटा अत्यन्त दुखदायी घटना घटेको छ।
प्रहरीका अनुसार कोरियाको फाजुसी स्थित एक होटलबाट हाम फालेर २० बर्षका २ जना युवाहरुले आत्महत्या गरे।
प्रहरिले त्यहि होटलको एउटै कोठामा थप दुई जना युवतीलाई मृत अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार युवतीको परिवारले केहि दिन अगाडी आफ्नो छोरी सम्पर्क बिहिन भएको भनेर प्रहरीमा निवेदन दिएका थिय। तिनै युवतीको माबाईल ट्राकिङ्ग मार्फत प्रहरी उक्त होटल समक्ष पुगेको थियो।
प्रहरी आएको चाल पाएपछि युवाहरु भागेर होटलबाट हाम फाली आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार तियुवाहरु साथी रहेको र एक जना युवती पहिले देखि चिनजानमा भएको तर एक युवती केहि समय आगाडी मात्रै चिनजान भएको बुझिएको छ भने होटलमा पनि एउटि युवती पसेको धेरै समयपछि अर्को युवती छिरेको बुझिएको छ।
युवाहरुको साथमा रहेको मोबाईलबाट उनीहरुको चिनजान भएको धेरै नभएको एउटा एप मार्फत चिनजान भएको र त्यहा भएको कुराकानीलाई आधार बनाउदा उनीहरु मानसिक रुपमा बिच्छिप्त रहेको प्रहरीको भनाई छ।
कोठामा भएका युवतीको हात र घाँटी थिचिएकोले हत्या भएको आशंका गरिएको छ । यौन अपराध वा लागूपदार्थ जस्ता कुनै प्रमाणहरु भने फेला नपरेको प्रहरीले जनाएको छ।

अपराध नियोजित थियो कि, उनीहरु आत्महत्या नै गर्ने उद्देश्यको साथ् भेट भएको हुन भनेर अनुसन्धान गर्न प्रहरीले पुरुषहरूको मोबाइल फोनमा फोरेन्सिक गरिरहेको छ, र घटनास्थलमा फेला परेका महिलाहरूको मोबाइल फोनहरूमा पनि कुनै त्यस्तो प्रमाणहरु फेला पर्छन कि भनेर खोजि गरिरहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय