Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा पानीजहाज कम्पनीमा काम गर्नको लागि आवेदन खुल्याे, काे काे सहभागी हुन पाउछन् ?

दक्षिण कोरियामा पानीजहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई फारम भर्न ईपीएस कोरिया शाखाले आह्वान गरेको छ ।ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले आज सूचना प्रकाशित गरी भाषा परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको हो ।आवेदकले अनलाइनबाट मात्र फारम भर्नुपर्ने छ । ती फारम दर्ता साउन २० गतेदेखि २४ गतेसम्म हुनेछ । भाषा परीक्षा हुने स्थान र समय भदौ ८ गते शुक्रबार प्रकाशित गरिने सूचनामा उल्लेख छ ।भाषा परीक्षामा पास भएकाहरुले दोस्रो चरणमा सीप परीक्षा दिनुपर्ने छ । भाषा परीक्षा, सीप परीक्षण र स्वास्थ्य परीक्षणमा पास भएपछि मात्र रोजगार आवेदन फारम भर्न पाइने छ ।

करिब २ हजार ५०० कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो। भाषा परीक्षा असोज १ गतेदेखि सुरू हुने इपिएस कोरिया शाखाले जानकारी दिएको छ। परीक्षा एकै दिनमा ४ सिफ्ट गरी सञ्चालन हुनेछ। आवेदक संख्याका आधारमा परीक्षा तालिका फेरबदल हुन सक्ने शाखाले बताएको छ। आवेदक संख्या बढी भएमा पहिलो र दोश्रो गरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ। २०२३ कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा उत्तीर्ण भई सीप परीक्षा दिई बसेका व्यक्तिहरूलेसमेत यस क्षेत्रको परीक्षा आवेदन दर्ता गराउन सक्नेछन। यो क्षेत्रको भाषा परीक्षामा सामेल भई अनुत्तीर्ण व्यक्तिहरूले पछि हुने अन्य क्षेत्रतर्फको परीक्षा आवेदनहरू प्रकाशित भएमा त्यस परीक्षाका लागि समेत आवेदन दिन सक्ने शाखाले बताएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय