Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सर्वाधिक सफल ब्यानरको चलचित्र ‘छक्कापन्जा-४’ कोरियामा मार्च १२ मा प्रदर्शन हुने

दक्षिण कोरियामा आगामी अङ्ग्रेजी महिनाको मार्च १२ मा नेपाली कथानक चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शनमा आउने भएको छ। कोरियामा नेपालीहरुको राप्ती समाज दक्षिण कोरियाले उक्त चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शनमा ल्याउन लागेको हो।

 

राप्ती समाज दक्षिण कोरियाले राप्ती अक्षयकोष निर्माणका लागि आउँदो मार्च १२ मा चलचित्र ‘छक्कापन्जा-४’ प्रदर्शन गर्ने भएको छ।l

 

राप्ती समाज दक्षिण कोरिया ‘हामी जहाँ भएपनि हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता’ भन्ने मुल नाराका साथ स्थापित संस्था हो।

 

यो संस्थाले कोरियामा रहेका राप्तीवासीहरु मात्र नभई त्यहा रहेका सम्पुर्ण नेपालीहरु बीच आपसी सहयोग, समझदारी सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आइरहेको छ। साथै कोरियामा रहेका नेपालीहरुले भोग्नुपर्ने समस्याहरुको छिटोछरितो निवारण गर्नेमा यो संस्थाले काम गर्दै आइरहेको छ।

 

आयोजक संस्था राप्ती समाज दक्षिण कोरियाले बिहान ११ बजे पहिलो शाे दोङदेमुन नजिक जोङ्गाकमा रहेको जोगेशा गुम्बाको सिनेमा हलमा प्रदर्शन गर्ने जनाएको छ। यस्तै उक्त सिनेमा हलमा सोही दिनको दिउँसो २ बजे दोस्रो शाे गर्ने भएको छ।

 

चलचित्र हेर्ने दर्शकहरुका लागि अग्रिम टिकट मार्च ०५ तारीख राती ०९ बजेसम्मका लागि खुला गरिएको राप्ती समाज दक्षिण कोरियाले जनाएको छ। साथै कोरियामा रहेका सम्पूर्ण नेपालीहरुमा आयोजक संस्थाले उपस्थितको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय