गुरुदत्त न्यौपाने/सिओल
पछिल्लो समय दक्षिण कोरियामा कपाल झर्ने समस्याका कारण उपचार गर्ने यूवा जमातको सङख्या ह्वात्तै बढेसंगै कोरियाका बिभिन्न स्थानिय सरकारहरुले कपाल झर्ने समस्याको उपचारका लागी आफ्ना स्थानिय जनताहरुका लागी उपचार खर्च स्वरुप आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिरहेका छन।
कपाल को रौँ सुन्दरताको प्रतिक भएकोले यसले मानिसमा आत्मविश्वास तथा आत्मसम्मान बढाउन मद्दत गर्ने भएकाले यहाँका कपाल झर्ने समस्या हुने आफ्ना नागरिकहरुलाई आत्मविश्वास तथा आत्मसम्मान बढाउने उद्देश्य अनुरुप यहाँका स्थानिय सरकार हरुले उपचार खर्च स्वरुप आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेका छन।
स्थानिय सरकारको यो निर्णयलाई लिएर मिश्रित प्रतिकृया आईरहेका छन।कतिपयले अनावश्यक रुपमा सरकारी अनुदानको गलत प्रयोग भएको भन्दै सरकारी अनुदानको औचित्य माथी नै प्रश्नचिन्ह उठाएका छन।
कोरियामा पहिलो पटक मे २०२२ मा एक अध्यादेश मार्फत सिओलको सङ्दाङ जिल्ला कार्यालयले कपाल झर्ने समस्याबाट पिडित त्यो ठाउँमा बस्ने नागरिकलाई आर्थिक सहयोग स्वरुप भौचर मार्फत सहयोग गर्ने पहिलो नगरपालिका बनेको थियो।उक्त नगरपालिका ले ३९ बर्ष भन्दा मुनिका कपाल झर्ने समस्या भएका आफ्ना नागरिकलाई सहयोग स्वरुप उपचार खर्च केही प्रतिशत दिने निर्णय गरेर सहयोग गर्दै आईरहेको छ।
थेगुको महानगरिय सरकारले गत डिसेम्बर देखी आफ्ना १९ बर्षदेखी ३९ बर्ष सम्मका कपाल झर्ने समस्या बाट पिडित नागरिकका लागी आर्थिक सहयोग गर्दै आईरहेको छ भने दक्षिणी छुङ्छन प्रान्तको बोरेङ शहर सरकारले पनि गत जनवरी देखी आफ्ना ५० बर्षभन्दा मुनिका यो समस्या बाट पिडित नागरिकलाई २० लाख वोन सहयोग स्वरुप आर्थिक अनुदान दिने गरेको छ।
त्यस्तैगरी सउल महानगरले पनि अध्यादेश मार्फत महानगरमा बसोबास गर्ने नागरिकको लागी सहयोग गर्ने प्रस्ताव अगाडी सारेको छ।गत बिहिबार महानगरिय सरकार का एक सदस्यले प्रस्ताव गरेका छन।आफ्ना ४० बर्षभन्दा मुनिका आफ्ना नागरिकलाई कपाल झर्ने औषधी उपचारको लागी आर्थिक सहयोग प्रदान गर्न यो प्रस्ताव जारी गरिएको हो।
यो अबधारणा कोरियाको गत रास्ट्रपतिय चुनावका ताका यहाँको प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिभ पार्टि अफ कोरिया का रास्ट्रपति पदका उम्मेदवार ई जे म्यङ ले ल्याएका थिय भने अहिले यो अवधारणा सत्तापक्षिय तथा स्थानिय सरकारले समेत प्राथमिकताका साथ लागु गरिरहेको छ।
यससंगै कोरिया सरकारले यो सहयोग निकट भविस्यमा देशैभरी फैलाउने अनुमान गरिएको छ।साथै यहाँको स्वास्थ्य बिमा प्रणालीमा दर्ता भएका स्वदेशी तथा विदेशी नागरिकले यो सेवा लिन सक्ने अनुमान गरिएको छ।