Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया आएको ७ महिना मात्र भएका सरोज ब्रेन ट्युमरको सिकार, सहयोगको लागी अपिल

 

सौल दक्षिण कोरिया

दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो।

हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ।
यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।

अप्रेसनको लागि करिब 2 करोड कोरियन वन लाग्नेछ । उक्त राकर अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। निज सरोज थपलियाको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहनुका साथै कोरिया आयको ७ महिना मात्रै भयको छ।
कार्यक्षेत्रमा दुर्घटना नभएको कारण उनले क्षतिपूर्ति पनि नपाउने भएकोले उक्त रकम जुटाउन कठिन परेको हुदा सम्पुर्ण कोरियावासी नेपाली दाजुभाई दिदीबहिनीहरुमा सहयोगको लागि अभियान शुरु गरिएको छ।
सहयोगको लागी

नाम : सरोज थपलिया
खाता न: 259-910440-69907(하나 은행)
सम्पर्क: 010-59382937(saroj thapaliya)
थप जानकारीको लागि:
Bhagawan baniya:010-28388802
Nirmal Pokhrel: 010-84697433
Resham kaucha:010-33780699
Suraj giri: 010-74969138

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय