Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कृषिमा कोरिया आएकी सृजनाले कोरियाको राष्ट्रिय प्राविधिक तर्फ स्किन केयरको प्रमाणपत्र लिने र अध्यापन अनुमती पाउने पहिलो नेपाली

इपिएस मार्फत कृषिमा कोरिया आएकी सृजनाले कोरियाको राष्ट्रिय प्राविधिक तर्फ स्किन केयरमा प्रमाणपत्र लिने र अध्यापन अनुमती पाउने पहिलो नेपाली बनेकी छिन ।

कामदारको रुपमा कोरिया प्रवेश गरेकि सृजनाले कोरियाको राजधानि सउल नजिक इछ्न स्थित स्किन सम्बन्धि उपचारको लागी कोरियन ब्युटी कोर्ट र सोही स्थानमा हिमालय करि हाउस नामक नेपाली रेष्टुरेन्ट पनि संचालनमा ल्याएकी छन ।

कोरियाको राष्ट्रिय प्राविधिक योग्यता तर्फ स्किन केयरमा प्रमाणपत्र प्राप्त स्किन केयरको योग्यताको
प्रमाणपत्र लिन सफल भएकी उनले कोरियाको राष्ट्रिय प्राविधिक योग्यता बाट स्किन केयर सम्बन्धि अध्यापन गर्ने अनुमती प्राप्त गरेकी छन ।

कृषि काममा कोरिया आउँदा उनी साग कम्पनिमा परेको र त्यहाँ काम गर्दाको दु:ख सम्झिएर मेहनत गर्नमा सदैव उत्प्रेरित हुने बताउछिन् ।

काम गर्दै फुर्सदको समयमा कोरियन भाषा सिक्दै आफ्नो कोरियन भाषलाई थप मजबुत बनाउदै जादा भिषा परिवर्तन , बसाईलाई सहजता हुनुका साथै कोरियामा भाषाकै माध्यमबाट अवसरहरु थपिदै गएको सुनाउँछिन र नयाँ प्रवेशीहरुलाई पनि कोरियामा भाषा नै महत्वपूर्ण भएकोले भाषा अध्ययन गर्नुपर्ने सल्लाह दिन्छिन ।

कोरिया प्रवेशको त्यो बेला नेपाली साथीभाई लाई भेट्न नसकिने एकदमै थोरैको संख्यामा नेपाली थिए । नेपाली भेट्दा अत्यन्तै खुशी हुनुपर्ने स्थिति थियो । अहिले कोरियाको प्राय सबै क्षेत्रमा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ कोरिया आउनासाथ नेपालीसँग भेट हुन पाईन्छ । पारिवार तथा देश छोड्दाको पिडालाई केही हदसम्म बिर्साउने मद्दत गर्छ होला ।

मानवीय र सामाजिक गतिबीधीमा सधै सक्रीय रहन चाहने उनी कोरिया प्रवेश पछि एन आर एन ए कोरिया लगायत संघ-संस्थाहरुमा आवद्द रहि सकृय रुपमा सामाजिक कार्यमा संलग्न उनी नेपालमा हुँदा अखिलबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेकी थिईन भने हाल कोरियामा एमाले निकट प्रवासी नेपाली मन्च कोरियाको अध्यक्ष हुन ।

दक्षिण कोरिया इपिएस भिषामा प्रवेश गरेर यहाँ सम्मको उपलब्धि हासिल गर्न सक्नु आफैमा ठूलो सफलता हो भन्ने कुरामा दुई मत छैन ।

कामदारको रुपमा कोरिया प्रवेश गरेपछी कतिपय साथीहरु डिप्रेशनको सिकार भएर , पिडामा परेर , कम्पनीको ज्याजती सहन नसकेर अनेक अनेक दु:ख खेपिरहेकाहरु धेरै साथीहरू हुनुहुन्छ । उहाँहरु आ आफ्नो कामबाट फुर्सदको समयलाई सदुपयोग गर्दै साथी भाइ समाजसंग नजिक हुँदै गएमा पक्कै पनि सहजीकरण प्रदान हुन सक्छ ।

कोरिया प्रवेश गरेर कामदारको रुपमा धेरै बर्ष काम गरेर जानेहरु धेरै भएपनी कोरियामै यसरी स्थापित हुन सक्ने गरि मेहनतको कथा केही गरौं भन्नेलाई उत्प्रेरणा बन्न सक्छ भन्ने अनुमान रहेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय