गुरुदत्त न्यौपाने/सिओल
टर्की तथा सिरियामा आएको विनाशकारी भुकम्पमा परेकाहरुको उद्दार तथा खोजी कार्यमा सघाउन ११० जनाको कोरियाली उद्दार टोली बुधबार टर्कीको भुकम्प प्रभावित क्षेत्र पुगेको सउल स्थित पररास्ट्र मन्त्रालय ले जनाएको छ।

KC-330 नामक सैन्य ट्याङ्कर विमान मार्फत ५० जना सैन्य कर्मचारी र ६० जना अग्नी नियन्त्रक तथा उद्दार टोली र चालक दलका सदस्य सहित ११८ व्यक्तिहरू लिएर टर्कीको दक्षिणपूर्वी क्षेत्रको गाजियन्टेप एयरपोर्टमा अवतरण गरेको मन्त्रालयले बताएको छ।
गान्जियन्टेप सहर ७.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु सहर हो।विनासकारी भुकम्पको कारण टर्कीको दक्षिणी क्षेत्र र सिरियालाई पनि नराम्ररी असर गरेको छ, जसमा हजारौं मानिसको मृत्यु भएको छ।
टर्कीको स्थानीय निकायको अनुरोधमा कोरियाली टोलीले भूकम्प प्रभावित क्षेत्रका विभिन्न स्थानमा परिचालन भई त्यहाँ उद्दार ,खोज तथा उपचार समेत गर्नेछ।

यसैबीच, दक्षिण अफ्रिका भ्रमणमा रहेका कोरियाका दोस्रो उप-विदेशमन्त्री ली डो-हुनले टर्की सरकारसँग सहकार्य गर्न आफ्नो अफ्रिकी भ्रमण छोटो गरी स्वदश फर्कने निर्णय गरेको उनको कार्यालयले जनाएको छ।
मंगलबार, कोरियाली राष्ट्रपति युन सुक यूल ले टर्की तथा सिरियामा तुरुन्तै उद्धारकर्मी र चिकित्सा सामग्री पठाउन आदेश दिएका छन।परराष्ट्र मन्त्री पार्क जिनले कोरियाका लागि टर्कीका राजदूत मुरात तामेरसँग पनि कुराकानी गरेर भूकम्प पीडित राष्ट्र टरेकी तथा सिरियालाई सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
भूकम्पपछि कोरियाले टर्कीको दक्षिणपूर्वी क्षेत्रका कहरामनमारस, मालत्या र अदियामानलगायत ६ प्रान्तका लागि विशेष ट्राभल एडभाइजरी जारी गरेको छ ।







